काठमाडौँ- प्रतियोगिताका सुरुका दुई खेलमै अमेरिका र युगान्डासँग पराजित भएपछि विश्वकप छनौटमा पुग्ने नेपालको संभावना गणितीय मात्र थियो। तर क्रिकेटमा जे पनि संभव हुन्छ भन्ने भनाईलाई पुष्टि गर्दै शनिबारको चमत्कारी दिनले अमेरिकालाई पन्छाउँदै नेपाललाई अगाडि पारिदियो। विश्वकप छनौटमा पुग्ने झिनो आशालाई कायम राख्न नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा इटालीलाई ठूलो अन्तरले पराजित गरेर रनरेट बढाउनु पर्थ्यो। भयो त्यस्तै। नेपालले टाइट बलिङ गरेर इटालीलाई नौ विकेटको क्षतिमा १२७ रनमा सीमित पार्यो।
त्यसपछि जतिसक्दो कम ओभरमा विजयी लक्ष्य हात पार्न उत्रिएको नेपाली ब्याटिङ टोलीको रणनीतिलाई ओपनर सुवास खकुरेल र प्रदीप ऐरीले १२ ओभरमा ८७ रन बनाउँदै बाटो कोरे। कप्तान पारस खड्काले पनि आठ बलमा २२ रन बनाएपछि अन्तिम दुई बलमा चौका र छक्का हान्दै ज्ञानेन्द्र मल्लले १४.५ ओभरमै नेपालले आठ विकेटको विजय पायो। २११ बल बाँकी रहँदै पाएको यो विजयले नेपालको रनरेट ह्वात्तै बढाएर +०.७१५ बनाइदियो।
तर त्यतिले मात्र नेपाली टोली अघि बढ्न सक्दैन थियो। नेपालले जति गर्नुपर्ने हो, गरिसकेको थियो। अब बाँकी थियो बर्मुडा र अमेरिकाबीच भइरहेको खेलको नतिजा कुर्नु। अर्को चरणमा पुग्ने कुनै संभावना नभएको बर्मुडाले अमेरिकालाई पराजित गरिदियोस् भन्ने कामना गर्नु बाहेक नेपालसँग अरु विकल्प थिएन।
साँच्चै भयो त्यस्तै नै। पाँच ओभरको खेल बाँकी छँदै बर्मुडाले अमेरिकालाई घुँडा टेकायो। उनीहरुका क्याप्टेन क्रिस डगलसले ७५ बलमा बनाएको ८९ रनले नै नेपाललाई विश्वकप छनौटसम्म पुग्ने ढोका खोलिदिएको हो।
बर्मूडाको विजयले नेपाल युगान्डासँगै अर्को वर्ष हुने विश्वकप छनौट प्रतियोगिताका लागि चयन भएको छ। त्यसमा छनौट हुन सके सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकप क्रिकेटमा नेपाल सहभागी हुनेछ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ बाट पनि नेपाल बढुवा भएर डिभिजन २ मा पुगेको छ।
प्रतियोगिताको फाइनल खेल आज राति नेपाली समय अनुसार सवा ७ बजे नेपाल र युगान्डाबीच हुँदैछ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर