अफगानिस्तानसँग नेपाल फेरि पराजित

nepalकाठमाडौं- एसिसी ट्वान्टी-२० कप उपाधि अफगानिस्तानले जितेको छ। लगातार चौथो पटक अफगानिस्तानले कप जित्‍न नेपाललाई सात विकेटले पराजित गरेको हो। नेपालले टस हारेर ब्याटिङ गर्दै दिएको १ सय ३६ रनको लक्ष्यलाई अफगानिस्तानले १३ बल बाँकी रहँदै पूरा गर्‍यो। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सबै खेलाडीलाई ५० हजार रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ। कप्तान पारस खड्काले राम्रो खेलेको भन्दै पल्सर बाइक उपहार पाए।बुधबार क्रिकेट त्रिवि मैदानमा खेल हर्न २०औं हजार दर्शक पुगेको नेपाल क्रिकेट सघले जनाएको छ। नेपालले अब युएईमा हुने विश्‍व ट्वान्टी-२० छनौटचरनमा खेल्नेछ।

Leave a Reply

Your email address will not be published.