बन्द अवज्ञा गर्ने आधा दर्जन सवारी साधन तोडफोड

janaki-mandirजनकपुरधाम- आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले कुटपीट गरी घाइते पारेको विरोधमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) धनुषाले आज दोस्रो दिन पनि जनकपुर बन्द गराएको छ। बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले आज बिहान आधा दर्जन सवारी साधनमा तोडफोड गर्नाका साथै केही विद्यालयमा समेत तोडफोड गरेका छन्। 
यसै क्रममा आन्दोलनकारीले स्थानीय शिवचोकमा ज१प १४७२ नम्बरको जिप, रामाचोकमा ज१प ५६३ नम्बरको भ्यान, पिडारी चोकमा नम्बर नखुलेको एक ट्रयाक्टर र राजधानीबाट फर्केको एक रात्रिबस, मिल्स एरियामा भ्यान र भन्सार कार्यालयनजिक भारतीय नम्बरको एक जिपमा तोडफोड गरका हुन्।

यसैगरी आन्दोलनकारीले बिसहरा चोकमा रहेको रामजानकी कोचिङ सेन्टर, भानुचोकस्थित मिथिला मन्टेश्वरी विद्यालयमा समेत तोडफोड गरका छन्। बन्दका कारण यातायात, विद्यालय, कलकारखाना, बैंक र सरकारी कार्यालयका साथै बजार पनि बन्द भएका कारण उपभोक्ता प्रभावित भएका छन्। रासस

Leave a Reply

Your email address will not be published.