भरत खवासको ह्‍याट्रिकसँगै नेपाल ६ गोलले विजयी

Nepal vs NMIकाठमाडौं- भरत खवासको ह्‍याट्रिकसँगै एएफसी च्यालेन्ज कप छनौट चरणमा नर्दन मारियाना आइल्यान्डविरुद्धको पहिलो खेलमा नेपाल आधा दर्जन गोलले विजयी भएको छ। पाँचौं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका भरतले क्रमशः ४० र ७२औं मिनेटमा गोल गरे। त्यस्तै सन्तोष साहुखलले २९औं मिनेटमा गोल गरे। जगजीतलाई डीबक्समा नर्दन मारियानाका खेलाडीले लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै राजु तामाङले चौथो गोल गरे। त्यस्तै ६८औं मिनेटमा सन्दीप राईले ३० र्‍याड टाढाबाट हानेको बल गोलमा परिणत भएको थियो। नेपालले सोमबार बगंलादेशको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published.