थारु फिल्मको प्रिमियर सो

श्रीनिवास चौधरी, बुटवल- शक मुभिजको ब्यानरमा निर्माण भएको थारु भाषाको चलचित्र ‘तोहरिक हम भुला न सकली’को आज बुटवलस्थित चलचित्र मन्दिरमा प्रिमियर सो गरियो। सावन मर्चाहाको लेखन, विवेक थापाको निर्देशन र श्रीनिवास चौधरिको संगीत रहेको यस चलचित्रमा लक्की दीपक, विज्जु खवास, चिरन बराल, कुलचन्द्र पुरी, श्रीनिवास चौधरी, सावन मर्चाहा, प्रदीप खड्कालगायतले अभिनय गरेका छन्। बदलिँदो समाजसँगै आजकलका युवायुवतीमा देखिएका मायापिरतीका कुरा र एक्काइसौं शताब्दीमा पनि धनी-गरिबबीचको भेद्‍भावलाई फिल्ममा देखाइएको छ।

बिहान ९ बजेदेखि सो सुरु भएको यो चलचित्र हेर्न रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रबाट उल्लेख्य मात्रामा दर्शकको घुइचो लागेको छ। दर्शकको राम्रो प्रतिक्रिया पाएकोमा निर्माता हेमराज कठरिया, सावन मर्चाहा खुसी हुँदै अर्को चलचित्र निर्माण गर्ने बताएका छन्। प्रदीप खड्काको द्वन्द्व रहेको यस फिल्ममा श्रीनिवास चौधरी, मनिसा पोख्रेलल, मीना चोधरीलगायतले स्वर दिएका छन्। फिल्मको टाइटल गित रिलिज अगावै दर्शकले सर्वाधिक रुचाएका थिए।

Leave a Reply to Devinbom Cancel reply

Your email address will not be published.