अविनाशको ह्‍याट्रिकसँगै बहराइनविरुद्ध नेपाल १९६ रनले विजयी

u-19 elite cupकाठमाडौं- मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कप अन्तर्गत बहराइनविरुद्ध आजको खेलमा अविनाश कर्णले ह्याट्रिकसहित ८ विकेट लिएपछि २ सय ६० रनको चुनौति सामना गर्न आएको बहराइन १ सय ९६ रनको फराकिलो अन्तरले पराजित भएको छ। पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेट क्षतिमा २ सय ५९ रन जोडेको थियो।

नेपालको विशाल लक्ष्यका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका भुवन कार्कीले तीन छक्का र आठ चौकासहित ६३ बलमा ८३ रन बनाएका थिए। त्यसैगरी विवत्सु थापाले ४४ रन जोडे।

सुरुवाती ब्याट्सम्यान निश्चल पाण्डेले १६ र अमित श्रेष्ठले २२ रन बनाए। हरिशंकर शाहले १०, निर्मल थापाले २५, पवन श्रेष्ठले १३ रन जोडे।
प्रत्युत्तरमा आएको बहराइनले पहिलो सात ओभर खेल्दा १२ रन बनाउँदै ७ विकेट गुमाइसकेको थियो। विकेट लिँदा कर्णले ह्याट्रिक गरेका थिए। यु १९ का खेलमा नेपालको यो पहिलो ह्याट्रिक हो। अन्तर्राष्ट्रिय खेलमा भने नेपालको यो दोस्रो ह्याट्रिक हो।
यसअघि गत वर्ष दुबईमा विश्व ट्वान्टी-२० छनौट प्रतियोगिताका क्रममा डेनमार्कविरुद्ध शक्ति गौचनले ह्याट्रिक गरेका थिए।
बहराइनलाई नेपाली बलरहरुले २१ ओभरमा नै समेटिएका थिए। भुवन कार्की र राहुल प्रताप सिंहले नेपालका लागि एक-एक विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published.