थरुहटबासीलाई सम्बोधन गर्न बाबुराम भट्टराई धनगढीमा

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई धनगढीमा पुगेका छन्। नयाँ शक्ति नेपालको आइतबार धनगढीमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न उनी शनिबार नै धनगढी पुगेका हुन्। उक्त पार्टीको हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय अभियान अन्तरगत धनगढीमा आमसभाको आयोजना भैरहेको कैलाली जिल्ला संयोजक कृष्णकुमार चौधरी कुन्दनले बताए।

आमसभामा संयोजक भट्टराईसहित पार्टीको केन्द्रीय सहसंयोजक रामचन्द्र झा, संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, हिसिया यमी, करिष्मा मानन्धर, अनुशासन विभाग प्रमुख पर्शुराम खापुन, केशव दाहाललगायतबाट पनि सम्बोधन हुने कार्यक्रम तय भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published.