गैंडाको आक्रमणबाट नवलपरासीमा कुमारीदेवी महतोको मृत्यु

नवलपरासीको कावासोतीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। नमूना मध्यवर्ती सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी कावासोती नगरपालिका–७ रामनगर टोल बस्ने ४७ वर्षीया कुमारीदेवी महतो बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

गत चैत ८ गते घरबाट वनमा घाँस–दाउरा काट्न गएकी महतो दुई दिनसम्म घर नफर्किएपछि उनको खोजी गरिएको थियो। खोजी गर्ने क्रममा महतो वन क्षेत्रमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा महतोलाई गँैडाले आक्रमण गरेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। महतो घरदेखि दुई किमीको दूरीमा पर्ने जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.