चुनावमा जान फोरम लोकतान्त्रिक सकारात्मक

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वानेश्वरस्थित संसद भवनमा आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी भएका पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टी निर्वाचनमा जान सहमत रहेको बताए।

‘निर्वाचनमा जान हामी सहमत छौं। संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गरेर जानुपर्छ’, उनले भने। चुनाव घोषणाप्रति विरोध जनाउँदै मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ। सरकारको समर्थक रहेको मोर्चाको भनाइ संशोधन नगरी चुनाबमा जान नहुने रहँदै अाएको छ।

बैठक मोर्चाले बहिष्कार गरेको थियो।

Leave a Reply

Your email address will not be published.