आदिवासी जनजाति चलचित्र महासंघले थारु फिल्म निर्माताहरुलाई आ-आफ्नो फिल्मको नामवलाी पठाइदिन आह्वान गरेको छ। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म विसं २०६५ सालपछि थारु भाषामा निर्माण भएका फिल्महरु सूचीकृतका लागि नाम पठाइदिन आग्रह गरेको हो।
महासंघमा आएका थारु भाषाका फिल्महरुलाई निशुल्क रुपमा चलचित्र विकास बोर्डमा सुचीकृत गर्ने आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका सदस्य रामलाल चौधरीले जानकारी दिए। उनले अरुबेला सुचीकृत गर्दा विकास बोर्डमा पैसा लाग्ने हुँदा यहीबेला सुचीकृत गरिदिन आग्रह गरे।
नामावली पठाउँमा फिल्मको नामसँगै निर्माता र निर्देशकको नाम जरुरी हुने चौधरीले जानकारी दिए। थारु भाषाको फिल्म निर्माताहरुले एक हप्ताभित्र [email protected] मा नामावली पठाउन सक्नेछन्।