एमालेविरुद्ध मोर्चाबन्दी गरेर संविधान संशोधन गर्नपर्छ : लेखी

नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले एमालेविरुद्ध मोर्चाबन्दी गरेर संविधान संशोधन गराउनुपर्ने बताएका छन्। सुनसरीको बक्लौरीमा आयोजित माघी कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कांग्रेस, माओवादी, मधेसी मोर्चालगायतका दलहरू मिलेर संविधान संशोधन गरेर चुनावमा जानुपर्ने बताए।

उनले माघीलाई एकताको सन्देश दिने पर्वको रुपमा लिन आग्रह गरे। उनले देश विदेशमा थारु हर्षोल्लासका साथ माघी मनाए पनि सबै थारुले घरमा माघी मनाउन नसकेको बताए। उनले अझै पनि हजारौं थारूलाई घरवारविही बनाइएका र २५ जना निर्दोष थारुलाई जेलमा बन्दी बनाएको भन्दै छिटो रिहाई गर्न माग गरे।

उनले सत्ता पक्ष र प्रतिपक्ष दुबैले गैरजिम्मेवार बनेको आरोप लगाए। थारुले उठाएको माग मुद्दाप्रति सरकार उदासीन रहेको बताउँदै उनले थारुहरुले उठाएको माग पूरा गर्नुपर्ने बताए। ‘हाम्रो माग पूरा नभएसम्म थरूहट/थारूवान आन्दोलन जारी रहन्छ। शासकहरूले थरूहट/थारूवानलाई उपनिवेश बनाउन खोजेका छन्। शासकहरूको यो हर्कत कदापि थारूलाई स्वीकार्य हुँदैन,’ उनले भने।

 

Leave a Reply

Your email address will not be published.