ग्रामिण महिला उत्थान केन्द्रको अध्यक्षमा पुनः आशमानी चौधरी

सन्तोष दहित/दाङ।

ग्रामीण महिला उत्थान केन्द्रको केन्द्रीय अध्यक्षमा पुनः आशमानी चौधरी चयन भएकी छन्। शनिबार दाङको घोराहीमा भएको २२औं साधारण सभा तथा १० अधिवेशनबाट चौधरी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन्। त्यसैगरी केन्द्रको उपाध्यक्षमा कमला चौधरी, सचिवमा सरिता चौधरी, सहसचिवमा मीना गिरी, कोषाध्यक्षमा मीरा चौधरी, सदस्यमा बसन्ता पुन र रेनु अधिकारी चयन भएको केन्द्रका सूचना अधिकृत नविन चौधरीले जानकारी दिए। 

यसैबीच २२औं साधारण सभा तथा १० अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले ग्रामिण महिला उत्थान केन्द्र घोराहीले आफ्नो स्थापना कालदेखि महिलाहरुको शसक्तीकरणसँगै हजारौं महिलाहरुलाई आत्मनिर्भर बनाउन सफल भएको बताएका थिए। कार्यक्रममा महटावा, बरघर, भलमन्सा महासंघ दाङके अध्यक्ष एवम् थारु अगुवा थारु चन्द्रप्रसाद चौधरीले महिलाहरुले अवसर पाएभने जस्तोसुकै पनि काम गर्न सक्ने आँट हुन्छ भने यो सस्थाले आम समाजमा देखाइसकेको बताएका थिए। कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले देशलाई समृद्धितर्फ लैजानका र देशको आर्थिक क्रान्ती गर्नका निम्ती अहिले महिलाहरुको नेतृत्व आवश्यक रहेको बताएका थिए।कार्यक्रममा थारु समुदायका त्यसमा पनि महिलाले यस्तो उदाहरणीय काम गरेकोमा आशमानी चौधरीलाई धन्यवाद ज्ञापन समेत चौधरीले गरेकी हुन्।

केन्द्रकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा तथा महटावा, बरघर, भलमन्सा महासंघ दाङके अध्यक्ष एवम् थारु अगुवा चन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुद्धिजीबी एचवि थापा, नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य सन्तोष दहित, पत्रकार प्रेम रम्जा, पदमा चौधरी, देवि घर्ति, सुन्तली चौधरी लगायतले बोलेका थिए। केन्द्रकी सचिव सरिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुक्त कमैया बस्तिका सुन्तली चौधरीले थारु, नेपाली गीत गाएर कार्यक्रममा उपस्थित सहभागीहरुलाई मनोरन्जन दिएका थिए।

यसैगरी संस्थाको प्रगतिप्रतिवेदन पेस गर्दै अध्यक्ष आशमानी चौधरीले सस्था स्थापना कालदेखि हालसम्म विभिन्न कार्यक्रम सञ्चाल गर्दै आइरहेको जानकारी गराउँदै लघुवृत्त कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७२-०७३ अषाढ मसान्तसम्म दाङ, बाँके र सल्यान गरी १० वटा शाखा विस्तार गरेको जानकारी गराएका थिए। अहिलेसम्म २७ हजार २ सय ६४ सक्रिय ग्राहक महिलाहरु समूहमा आबद्ध भएको र ग्राहक महिलाहरुको मागलाई मध्यनजर गरी २ अर्ब, ३४ करोड, ९४ लाख, ३ सय २० गरि ग्राहकको सदस्यहरुको आयआर्जन वृद्धि गर्नेमा टेवा पुर्याएको अध्यक्ष चौधरीले जानकारी दिए। त्यसैगरी यसै आर्थिक वर्ष ०७२-०७३ मा ५ सय ५० सुत्केरी महिलाहरुलाई ५ लाख ५० हजार सहयोग गरेको अध्यक्ष्य चौधरीले बताए।

आर्थिक वर्ष ०७२-७३ आम्दानीमा कोषमा ६६.५४ प्रतिशतका ले वृद्धि भइ रु ८ करोड ६८ लाख २ हजार ५ सय २७ रुपैयाँ रहेको जानकारी गराउदै अध्यक्ष चौधरीले कुल खर्च ६४.४२ प्रतिशतले वृद्धि भइ रु ५ करोड २३ लाख ४४ हजार २ सय ८२ रुपैयाँ भएको छ। कुल आम्दानी खर्च घटाउँदा खुद बचत रकम गत वर्षभन्दा ६०.८८ प्रतिशतले वृद्धि भइ रु ३ करोड ४४ लाख ५८ हजार २ सय ४४ रुपैया छ।

यसैगरी संस्थाले आफ्नो साधारण सभाबाट आ.व ०७३-०७४ भित्र ग्रामिण महिला उत्थान केन्द्र दाङमा प्रबर्द्धक रहनेगरी महिला उत्थान लघुबित्त संस्था स्थापना गर्ने त्यसका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेस गरिसकेको सस्थाका अध्यक्ष चौधरीले जानकारी दिए। त्यसैगरी यसै आर्थि वर्षभित्र २ वटा नया शाखा विस्तानर गर्ने, आफ्नै कार्यालय भवनका थालनी गर्ने, थप १० कर्मचारी नियुक्ति गर्ने, लघुवृत्त कार्याक्रमका ग्राहक सदस्यहरुको दाङमा भब्य सदस्य सम्मेलन गर्ने, सकारात्मक सोँच सम्बन्धी कार्याशाला गोष्ठीको आयोजना गर्नेलगायत भाबी कार्यक्रम तथा रणनीति बनाएको छ।

२०५१ साल मंसिर २१ गते स्थापना भएको सस्था महिला शसक्तीकरण कार्यक्रम, लघुवित्त कार्यक्रम, सानाकिसान उद्यमी सुदृढीकरण परियोजना, संगै सिकौं संगै बढौं-महिला साक्षरता कार्यक्रम, जलबायु परिवर्तन अनुकुलका प्रयास कार्यक्रम, नागरिकता, निर्वाचन तथा राजनीति प्रकृयामा सिमान्तकृत समुदायको सहभागिता, घोराही सामुदायिक विकास परियोजना लगायत सञ्चालन गर्दै आइरहेको सस्थाको अध्यक्ष आशमानी चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.