हतियारसहित दुई थारु पक्राउ

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही गाविसबाट आइतबार राति हतियारसहित दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । भारतीय बजारबाट हतियार लिएर नेपालतर्फ आइरहेका दुई जनालाई सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २१ हासँपोसा बस्ने अरविन्द्र चौधरी र छेदनलाल चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।  उनीहरुको साथबाट इटालियन पेस्तोल र सोमा प्रयोग हुने म्याग्जीन बरामद भएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हतियारसहित पक्राउ परेका दुवै जना मोटरसाइकलमा भारतीय बजारबाट आइरहेका थिए । सशस्त्र प्रहरीले पक्राउ गरेका कारण आफूहरुलाई अहिले मोटरसाइकल जिम्मा नदिएकाले नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.