निर्वाचित भएकै दिन लालमणि चौधरीले गरे सरसफाई

खैरहनी नगरपालिकाको मेयरमा निर्वाचित लालमणी चौधरी, उपमेयर सुनिता थपलियासहित कार्यकर्ताहरुले खैरहनी माध्यमिक विद्यालयको परिसर सरसफाई गरेका छन् । निर्वाचनदेखी मतगणना सम्म विद्यालयमा भएको फोहोर थुप्रीएपछि मेयर लालमणी चौधरीले कार्यकर्ताहरुसंगै सरसफाई गरेका हुन् ।

मतगणनाका क्रममा सवैले फोहोर फालेपनि कसैले त्यस तर्फ ध्यान नदिएपछि एमालेका कार्यकर्ताहरु मिलेर सरसफाई गरेका थिए । सरसफाई पछि कार्यकर्तालाई सम्वोधन गर्दै मेयर चौधरीले स्वच्छ नगर वनाउन नगरमा संचालित वातावरणमैत्री कार्यक्रमलाई छिट्टै सार्थकता दिने वताए । मिनीरल वाटर, प्लास्टिक,कागज जस्ता फोहोर जन्य पदार्थ संकलन गरेर नष्ट समेत गरियो ।

Leave a Reply

Your email address will not be published.