नवलपरासीको सीमांकनमा हेरफेर, दुई वडालाई ४ प्रदेशमा लगियो

सरकारले रुकुमका तत्कालीन ११ गाविसलाई प्रदेश नम्बर ५ मा राख्ने निर्णय गरेको छ । साथै प्रदेश नम्बर ४ र ५ मा पर्ने नवलपरासीको भूभाग पनि छुट्टाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आमस्मिक बैठकले रुकुमको तत्कालीन सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने निर्णय गरेको छ । बाँकी भाग भने ६ नम्बर प्रदेशमा नै रहनेछ ।

संविधानमा रुकुमको पूर्वी भाग प्रदेश नम्बर ५ र पश्चिम भाग प्रदेश प्रदेश नम्बर ६ मा रहने उल्लेख छ । तर, प्रष्ट सीमांकन नभएको भन्दै निर्वाचन आयोगले सरकारलाई निर्णय गर्न आग्रह गरेको थियो । त्यसअनुसार नै सरकारले यो निर्णय गरेको हो ।

यस्तै नवलपरासीका त्रिवेणी गाउँ विकास समितिको वडा नम्बर ६ र ७ लाई विनयी गाविसमा गाभेर प्रदेश नम्बर ४ मा राखेको छ । नवलपरासीको बाँकी भूभाग भने प्रदेेश नम्बर ५ मै रहनेछ ।

संविधानमा नवलपरासीको बर्दघात सुस्ता पश्चिम प्रदेश नम्बर ५ र पूर्व प्रदेश नम्बर ४ मा रहने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.