नेपाल टेलिकममा १५५ जनाकाे लागि जागिर खुल्याे

नेपाल टेलिकमले एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै टेलिकमले विभिन्न पदमा जागिर खुलाएको हो । टेलिकमले विभिन्न प्राविधिकसहित प्रशाशनिक पदहरुमा दरखास्त आह्वान गरेको छ । उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ । एकैपटक ४० जना इञ्जिनियरका लागि जागिर खुलेको छ ।

टेलिकमलेले खुल्लातर्फ ८९ जना कर्मचारी मागेको छ भने महिला २४, आदिवासी/जनजातीमा २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ कोटमा जारि खुलेको हो । आइतबारबाट ३० दिनभित्र आवदेन दिन सकिने छ ।

यसैगरी दूरसञ्चार प्राधिकरणले पनि आजै २७ जनाका लागि दरखास्त आह्वान गरेको छ । उपनिर्देशकदेखि सहायक पदसम्मका लागि प्राधिकरणले दरखास्त मागेको हो ।

Leave a Reply

Your email address will not be published.