थरुहट तराई पार्टीको भातृ संगठनहरुको महाधिवेशन कपिलवस्तुमा हुँदै

थरुहट तराई पार्टी नेपालको विभिन्न भातृ संगठनहरुको संयुक्त महाधिवेशन शनिबार कपिलवस्तुको बरकुलपुरमा हुने भएको छ। दुई दिने महाधिवेशनको पहिलो दिन शनिबार अध्यक्ष भानुराम थारुको प्रमुख आतिथ्यमा उद्घा टन सत्र हुने सो पार्टीले जनाएको छ।

त्यसको भोलिपल्ट आइतबार ती भातृसंगठनहरुको बन्दसत्र आयोजना हुने अध्यक्ष थारुले जानकारी दिए। उनका अनुसार काठमाडौंसहित देशभरिका तीन सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ।

अध्यक्ष थारुका अनुसार युवा, विद्यार्थी, महिला, किसान, शिक्षक, साँस्कृति युनियनलगायत भातृसंगठनहरुको महाधिवेशन आयोजना हुँदैछ।
पार्टीको चैतमा हुने महाधिवेशनलाई केन्द्रीत गरेर भातृसंगठनहरुको महाधिवेशन गर्न लागेको अध्यक्ष थारुले बताए।

‘आगामि चैत ४, ५ र ६ गते कैलालीमा हुने महाधिवेशनलाई केन्द्रीत भएर हामीले भातृसंस्थाहरुको महाधिवेशन गर्दैछौं,’ उनले थारुवानसँग भने, ‘यसपछि हामीले पार्टीको सदस्यतालगायत संगठन विस्तारमा जोड दिनेछौं।’

Leave a Reply

Your email address will not be published.