माघी महोत्सवमा सातौं राष्ट्रिय खेलकुदका पदक विजेतासहित थारु ब्यक्तित्वहरु सम्मानित हुने

थारु राष्ट्रिय माघी महोत्सवमा थारु ब्यक्तित्वहरु सम्मानित हुने भएका छन्। थारु विद्यार्थी समाजलगायत संघसंस्थाहरुद्वारा पुस २९ र माघ १ गते टुडिखेलमा आयोजना हुने महोत्सवमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका ब्यक्तित्वहरु सम्मानित हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार सम्मानित हुनेमा संस्कृतिविद्व भुलाई चौधरी, साहित्यकार कृष्णराज सर्वहारी, उद्यमी शिव चौधरी, समाजसेवी सीएन थारु, स्वास्थ्य क्षेत्रका डा. नरेन्द्र कुमार सिंह, युवा राजनीतिज्ञ मीनराज चौधरी छन्।

त्यस्तै पत्रकार मदन चौधरी, रंगकर्मी प्रदीप चौधरी, सुन्दरी निष्मा चौधरी छन्। खेलकुदबाट राष्ट्रिय खेलकुदमा एथलेटिक्समा चार स्वर्णसहित ६ वटा पदक जितेकी कृष्णा चौधरी, तीन स्वर्ण विजेता केशरी चौधरी, एथलेटिक्स प्रशिक्षक धनिराम चौधरी, करातेका प्रशिक्षक राम चौधरी, फुटबलका आदित्य चौधरी र क्रिकेटका सरस्वती चौधरी छन्।

त्यस्तै कलाकारिता विधामा अभिनेत्री सोनु थारु, गायकद्वय श्रीनिवास चौधरी, सञ्जय चौधरी, गायिका समीक्षा चौधरी, नृत्य निर्देशक दीपक चौधरी र सिनेमेटोग्राफर हरिनारायण चौधरी छन्।

उनीहरु सबैलाई माघ १ गते समुद्‍घाटन समारोहमा सभामुख ओनसरी घर्ति मगरको हातबाट सम्मान वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

सम्मानित हुने सबैले आफ्नो बायोडाटा पठाइदिन मूल आयोजक समितिका सहसंयोजक सीताराम चौधरीले जानकारी दिए। उनले [email protected] मा बायोडाटा पठाइिन आग्रह गरे।

त्यस्तै मूल आयोजक समितिले पुस २९ गते टुडिखेलमा आयोजना हुने रक्तदान कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। रक्तदान नै जीवनदान भएको बताउँदै आयोजक समितिले रक्तदान गर्न इच्छुकहरुले सम्पर्क गर्न आह्वान गरेको छ।

समितिले रक्तदान गर्नेहरु निम्न सदस्यहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ।

संयोजक : एन्जल कुश्मी (मैगर समज)- ९८५८४२३३०९
सदस्य : नन्दुराज चौधरी (सर्बहित समाज नेपाल दाङ देउखुरी)-९८५१०६९२०१
सदस्य : रोजि चौधरी (नर्स)-९८४९६४४७७२
सदस्य : बिनय चौधरी ( एम क्रेसन प्रा . लि)- ९८६८३४८५९४
सदस्य : इस्वर चौधरी (बर्दियालि थारु बिकास मन्च)-९८६८०८५३२७
सदस्य : गिता चौधरी (थारु विद्यार्थी समाज)-९८४९८४८६०७
सदस्य : सुरेश चौधरी ( समाजसेबि)-९८०८७४९०७८
सदस्य : रामनाथ चौधरी (थारु विद्यार्थी समाज)-९८४५४२८८७२
सदस्य : सुशिला चौधरी (थारु विद्यार्थी समाज टि.यु.)९८६०२०५८७९
सदस्य : बिमल चौधरी (थारु विद्यार्थी समाज)-९८४९८९६९५३
सदस्य : अधिकार चौधरी ( दाङ देउखरी थारु सेवा समाज)- ९८०४५35524

Leave a Reply

Your email address will not be published.