सांसद गंगा चौधरीले खोलिन् नयाँ पार्टी

दुई सांसद भएको थरुहट तराई पार्टी फुटेको छ। सांसद गंगा चौधरी (सत्गौंवा)ले नयाँ पार्टी गठन गरेकी छन्। उनले थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेको सूचना सभामुखसमक्ष दिइसकेकी छन्। ४० प्रतिशत सांसदले नयाँ दल बनाए त्यसले मान्यता पाउने भएकाले गंगाको नयाँ पार्टीले मान्यता पाउने लगभग निश्चित रहेको संसद सचिवालय स्रोतले जनाएको छ।

चौधरी थरुहटकी केन्द्रीय उपाध्यक्ष थिइन् । उनी संसदको विधायन समितिकी सभापति पनि हुन्। थरुहट तराई पार्टीले भने सांसद चौधरीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.