थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य एवं थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको उपचारका लागि सहयोग रकम जुट्के क्रम जारी छ। थरुहट तराई पार्टी नेपाल र बर्दियाली थारु विकास मञ्चले संयुक्तरुपमा आह्वान गरेको अपिलपछि हालसम्म एक लाख १६ हजार ९ सय २६ रुपैयाँ संकलन भएको छ। थरुहट तराई पार्टी नेपालका केन्द्रीय सचिव मीनराम चौधरीका अनुसार सहयोग रकम जुट्ने क्रम जारी छ।
मुख्य करङ नै भाँचिएपछि थारुको शरीरको अन्य अंग शिथिलप्रायः छन् । शल्यक्रियाका लागि सबै चिजको आवश्यक तयारी पूरा भइसकेको र चिकित्सकसँग पनि समय लिइसकेको सचिव चौधरीले जानकारी दिए।
गत मंसरि २३ गते मोटरसाइकल दुर्घटना परी उनी घाइते भएका थिए।