नागरिक समाजवादी पार्टी (नासपा)का केन्द्रीय संयाेजक राजकुमार लेखीले आफूले नेतृत्व गरेको पार्टी जातीय पार्टी नभएको बताएका छन्। रौतहटको चन्द्र स्मृति पार्कस्थित पार्टीको प्रथम राष्ट्रिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै संयाेजक लेखीले थारुको छोरोले नागरिक समाजवादीको नेतृत्व गरेकाले त्यस्ताे अाराेप लगाएकाे बताए। उनले जातीय पार्टीको आरोप लगाए पनि त्यसमा कुनै सत्यता नरहेको दाबी गरे।
सोझासाझा थारूलाइ अरू पार्टीका नेता, कार्यकार्ताहरूले भडकाउने काम गरेकाे भन्दै प्रशिक्षण कार्यक्रम गर्न आवश्यक ठानेकाे उनले बताए। कार्यक्रममा डाक्टर कृष्ण भट्टचन, ज्योति दनुवार, गोकुल भुजेललगायतले प्रशिक्षण दिएका थिए।