मुक्त कमलरी विकास मञ्चको अध्यक्षमा सुनिता चौधरी निर्वाचित

सन्तोष दहित/दाङ।
मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा सुनिता चौधरी सर्वसमतिले निर्वाचित भएकी छन। बुधबार दाङको घोराहीमा भएको छैठौं साधारणसभा एवम् दोस्रो केन्द्रीय अधिवेशनबाट चौधरी अध्यक्षमा सर्वसहमतिले चयन भएकी हुन्।

त्यस्तै उपाध्यक्षमा दिलकुमारी चौधरी (बाँके), सचिवमा सुजाता चौधरी (कैलाली), कोषाध्यक्षमा विष्णु चौधरी (दाङ) चयन भए। यस्तै सदस्यहरुमा निरु चौधरी, नम्रता चौधरी (दाङ), सिर्जना चौधरी, ईश्वरी चौधरी (कञ्चनपुर), अनिता थारु, गीता थारु (वर्दिया) र सविता चौधरी (वाँके) चयन भए।

नयाँ कार्यसमितिले बिहीबार पत्रकार सम्मेलन गरी सरकार र मुक्त कमलरीहरुबीच भएको १० बुँदे सहमति तत्काल कार्यन्वयन गर्न माग गर्योर। नवनिर्वाचित अध्यक्ष सुनिता चौधरीले आफूहरु संलग्न १० बुँदेमध्ये दुई बुँदामात्र कार्यान्वयन भएको जानकारी गराउँदै बाँकी बुँदा यथासिघ्र कार्यान्वयनको लागि सरकारसँग माग गरिन्। उनले कार्यन्वयनमा ढिलाई भए अर्को आन्दोलन गर्ने चेतावनीसमेत दिए।

Leave a Reply

Your email address will not be published.