पूर्वसभासद् शान्ता चौधरीको घरमा लुटपाट

पूर्वसभासद् शान्ता चौधरीको घरमा लुटपाट भएको छ। दाङको लक्ष्मीपुरस्थित घरमा शनिबार राति लुटपाट भएको दाङ प्रहरीले जनाएको छ। जेठानीको छोराको विहेमा गएको बेला उनको घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको घरबाट ल्यापटप, ट्याब, केही गरगहना र खुत्रुकेमा जम्मा गरिएको रकम चोरी भएको छ।

नेकपा एमालेकी नेतृ शान्ताले आजसम्म कमाएको र उपहारमा प्राप्त भएको सम्पत्ति सबै लुटिएको बताइन्। नयाँ किताब प्रकाशन गर्ने तयारीमा रहेकी शान्ताको त्यो सपना पनि चकनाचुर भएको छ। ‘गरिबी र राजनीति’ नामक पुस्तक लेखी सक्काएर सम्पादनका लागि तयारी भइरहँदा पुस्तकका शब्द राखिएको ल्यापटप पनि गुमाएको उनले बताइन्।

लुटपाट घटनाको प्रहरीले छानबिन गरिरहेको भन्दै उनले आफ्ना लुटिएका समान भेटिने आशा व्यक्त गरिन् । दाङ प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ। लुटपाटपछि शान्ताको घरमा पुगेका दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले घटनाको अनुसन्धान र अभियुक्तको खोजी भइरहेको बताए। उनले घटना संलग्नलाई कानून बमोजिम कारबाही गरिने प्रतिबद्धता जनाए। ‘हामी घटनाको अनुसन्धानमा छौं । लुटेरा छिट्टै समातिन्छन्। उहाँ (शान्ता)को सामान फिर्ता गराउँछौं,’ उनले भने।‍

पूर्वसभासद् समेत रहेकी शान्ताले लेखेको फेसबुक स्टाट्स।

Leave a Reply

Your email address will not be published.