फिफा बरियतामा नेपालले ८ स्थान माथि उक्लिएको छ । नेपाल १८८ औं स्थानमा पुगेको छ । बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेसंगै नेपाल फिफा बरियतामा आठ स्थान माथि उक्लेर १८८ औं स्थानमा पुगेको छ । भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा गरेको निराशाजनक प्रदर्शनसंगै नेपालले फिफा बरियतामा अहिलेसम्मकै तल १९६ औं स्थानमा पुगेको थियो ।
दक्षिण एशियामा नेपालले भुटान र श्रीलंकालाई पछाडि पारेको छ । भुटान १ स्थान तल झर्दै १९३ औं र श्रीलंका १ स्थान तल झर्दै १८९ औं स्थानमा पुगेका छन् । दक्षिण एशियामा शीर्षमा रहेको अफगानिस्तान १५४ औं स्थानमा, माल्दिभ्स १५७ औं स्थानमा, भारत १६२ औं, बंगलादेश १७७ औं र पाकिस्तान १८५ औं स्थानमा छन् । फिफा बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो र बिश्वबिजेता जर्मनी चौथो स्थानमा यथावत छन् ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर