थारु कल्याणकारिणी सभाले घोषणा गरेको प्रशिक्षण भेलाको तयारी पूरा भएको छ। सभाले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी माघ २३, २४ र २५ गते लहानमा आयोजना हुने प्रशिक्षणको तयारी पूरा भएको जानकारी गरायो। सभाका अनुसार प्रशिक्षणमा देशभरिबाट कम्तीमा हजार प्रतिनिधि सहभागी हुनेछन्।
प्रतिनिधिहरुका लागि लहानस्थित लक्ष्मी गेस्ट हाउस, सपना गेस्ट हाउस, अतिथि सदन, मारवाडी सेवा समिति, रौनियार सेवा समिति, सिम्रिक होटेलमा बासस्थानको व्यस्था मिलाइएको आयोजकले बताएको छ। त्यस्तै सहभागीहरुका लागि पाँच छाक खाना र नास्ताको पनि व्यस्था आयोजकले गरेको छ।
थारु कल्याणकारिणी सभाको केन्द्रीय समिति, विदेश शाखा, भातृ संगठन र भारतबाट पनि प्रतिनिधिहरु सहभागी हुने केन्द्रीय प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले जानकारी दिए। कार्यक्रम आयोजना गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने लेखीले बताए। उक्त रकम चन्दा र प्रतिनिधिहरुबाट उठाइने उनले बताए। प्रत्येक प्रतिनिधिबाट दुई सय शुल्क लिने आयोजकले जानकारी दियो।
सहभागी हुने प्रतिनिधिहरुको नामावली माघ १५ गतेभित्र बुझाउन जिल्ला सभापतिहरुलाई आयोजकले आग्रह गरेको छ।