झापा, मोरङ, सुनसरी दुई नम्बरमा गाभ्ने मोर्चाको योजना सफल हुँदैनः गच्छदार

Bijay kumar Gachhadarउपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रमुख ठूला दल र आन्दोलनरत मधेसी मोर्चाले तराईमा तीन प्रदेशको विकल्प नमानेसम्म तराईमा देखिएको समस्या समाधान नहुने बताएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी गच्छदारले तीनप्रदेशको विकल्प नमानेसम्म समस्या यथवत रहने बताएका हुन्।
उनले झापा, मोरङ र सुनसरी प्रदेश नम्बर २ मा गाभ्नुपर्ने मधेसी मोर्चाकोमाग कुनै हालतमा पुरा नहुने स्पष्ट पारे । उनले भने, ‘यहाँका जनता प्रदेश २मा मिसिनै चाह”दैनन् । कसैको जवर्जस्तीले हुँदैन।’ उनले तराईको समस्या समाधान गर्न आफू सरकारमा सामेल भएको बताउ”दै समस्याको समाधान गर्न सदन, सरकार र स्थानीय जनताको साथमा आफू रहेको दाबी पनि गरे। तराईका आदिवासीको पहिचान जोगाउन पूर्वी तराईमा छुट्टै प्रदेश आबश्यक रहेको गच्छदारको भनाइ छ ।

गच्छदारले विराटनगरलाई राजधानी बनाउनेगरी आठौं प्रदेश बनाउने विषयमा सहमति गर्न मधेसीदलहरू र प्रमुख दलहरूलाई आग्रह पनि गरे। उनले भने, ‘तराईमा २ प्रदेशको माग अतिवादी भएकाले व्यवहारिक हुन मधेशवादी दलहरूलाई आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published.