‘निर्णायक’ भनिएको वार्ता स्थगित

Trio-Barta

आज साँझ ६ बजे बस्ने भनिएको प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठक स्थगित भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री केपी ओलीले ट्विट गर्दै आज हुने भएको वार्ता स्थगित भएको जनाएका हुन्। बिहीबार प्रमुख तीन दलको बैठकपछि अर्को वार्ताको मिति तय गरिने प्रधानमन्त्रीको ट्विटमा उल्लेख छ। वार्ता किन र के कारणले स्थगित भयो भन्ने विषयमा भने केही खुलाइएको छन्।
सोमबार प्रतिपक्ष दल कांग्रेस, सत्तापक्ष र आन्दोलनरत मधेसी मोर्चाबीचको त्रिपक्षीय वार्ताले बुधबार साँझ अर्को वार्ता गर्ने मिति तय गरेको थियो। यसअघि मधेसी मोर्चाले सरकारी वार्ता टोलीसमक्ष पेश गरेको ११ बुँदे मागका विषयमा तीन दलले साझा अवधारणा तय गर्ने सहमति भएको थियो।

तर तीन दलले साझा अवधारणा तय गर्न सकेका थिएनन। प्रधानमन्त्री ओलीले ट्विटमा बिहीबार तीन दलको बैठकपछि मोर्चासँगको वार्ताको मिति तय गर्ने उल्लेख गरेका छन्। भोली बस्ने तीन दलको बैठकले मोर्चाको मागका विषयमा साझा धारणा बनाउने र अर्को मिति तय गरिने बताइएको छ।

मधेसी मोर्चाले भने आफूहरुको मागका विषयमा तीन दलको स्पष्ट धारणा आउनुपर्ने बताउँदै आएको छ। मोर्चाले मुख्य रुपमा सीमाकंन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तथा समानुपाति समावेशीताको विषयलाई मुख्य वटमलाइन बनाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published.