थारु समुदायले लोकप्रिय पर्व माघीमेलाको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा महोत्सव गरिएको छ । काठमाडौं उपत्यकामा रहेका थारु समुदाय परम्परागत भेषभूषामा महोत्सव मनाउन टुँडिखेल आएका छन् । थारु युवायुवतीले परम्परागत भेषभूषामा सजिएर थारु संस्कृति झल्किने नृत्य समेत देखाएका थिए । टुँडिखेलमा भएको महोत्सवमा थारु जातीमा प्रचलित खानेकुराको स्टल पनि छ । जहाँ चिचर, घोंगी, माछा, गंगटा, बरिया, रक्सी लगायतका खानेकुराहरु राखिएका छन् । माघी महोत्सव अवलोकन गर्न थारु समुदायबाहेक अरु समुदायका मानिसहरु पनि धेरै पुगेका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवको तस्बिर हेर्नुहोस् :
तस्बिर : अनलाइनखबर डटकम र कृष्ण पौडेल/चक्रपथ डटकम