दशैंको मेलामा विवाद हुँदा गोली चल्यो, ३ जना घाइते

दाङ- दाङ देउखुरीको गढवामा गोली चल्दा तीन जना घाइते भएका छन्। दशैंको फूलपातीका दिन स्थानीय मेलामा भएको सामान्य विवादपछि गोली चलेको हो। मेला भर्न गएका स्थानीय युवाहरुबीच मेला भर्ने क्रममा सामान्य विवाद भएको थियो।

इलाका प्रहरी कार्यालय गढवाका अनुसार गढवा ७मा लागेको चिलियामा मेला भर्न गएका स्थानीय युवाहरुबीच विवाद भएको थियो। त्यसपछि राति १२ बजेतिर गढावा बजार नजिकै गोली चलेको हो। गोली कसले चलायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गोली लागेर गढवाकै वर्षात योगी, नारायण थापा, वुद्धिराम चौधरी घाइते भएका छन्। उनीहरुको पेट र खुट्टामा गोली लागेको छ। घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। इलाका प्रहरी गढवाले अनुसन्धानका लागि सुरेश योगीलाई नियन्त्रणमा लिएको छ। त्यसबारेमा थप अनुसन्धाान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply to Phillipurink Cancel reply

Your email address will not be published.