यी जिल्लामा चुनिएका नेकपाका थारु कमान्डर (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाँच जिल्लाको नेतृत्व थारु नेतालाई सुम्पेको छ। नेकपाको सचिवालय बैठकले कैलाली, नवलपरासी पश्चिम, पर्सा, बारा र उदयपुरमा थारु नेतालाई प्रमुख कमान्डर चुनेका हुन्। त्यस्तै ११ जना थारु नेतालाई सहइन्जार्च तोकिएको छ। 

बैठकले कैलालीमा रुपा चौधरी नवलपरासी पश्चिममा वैजनाथ चौधरी, पर्सामा नागेन्द्र चौधरी, बारामा बलवीर र उदयपुरमा बलदेव चौधरी इन्चार्ज तोकिएका छन्। यीमध्ये वैजनाथ चौधरी प्रदेश ५ का मन्त्री हुन् भने बलदेव चौधरी त्रियुगा नगरपालिकाका प्रमुख हुन्।

त्यस्तै सहइन्चार्जको जिम्मेवारी पाउने नेताहरुमा रामकुमारी चौधरी (सुनसरी), मञ्जुकुमारी चौधरी (उदयपुर), इन्द्रजीत थारु, नरुलाल चौधरी, मेटमणी चौधरी र शान्ता चौधरी ( दाङ), सन्तबहादुर चौधरी (बर्दिया), देवीलाल चौधरी (कञ्चनपुर), नारदमुनी रानाथारु (कैलाली), वीरमान चौधरी र हरिनारायण चौधरी (कैलाली) छन्।

यीमध्ये रामकुमारी चौधरी संघीय सरकारको राज्यमन्त्री हुन् भने नरुलाल चौधरी घोराही उपमहानगरपालिकाका प्रमुख हुन्।

Leave a Reply to canadian pharmacies review Cancel reply

Your email address will not be published.