एमाओवादीको थारु भातृसंस्थाले टीकापुर घटनामा जेल परेकालाई रिहाई गर्न पहल गर्ने

Tharu Mukti Morcha- maobadi 02

दाङको तुलसीपुरमा सम्पन्न थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको तेस्रो सम्मेलनले १३ वटा प्रस्ताब पारीत गरेको छ । २ दिन सम्म चलेको सम्मेलनले समसामयीक प्रस्ताब पारीत गरेको नब निर्बाचित अध्यक्ष सन्त कुमार थारुले आज तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिए। 

सम्पन्न सम्मेलनले नवलपरासीदेखि कञ्चनपुर सम्मका जिल्लालाई थारुवान प्रदेश र पूर्वमा कोचिला प्रदेश बनाउन जोड गर्ने, थारु आयोग, समानुपातिक समाबेशी, मौलिक अधिकारको ब्यबस्था, भुमिसुधार कार्यान्वायन, आन्दोलनका क्रममा टिकापुर लगायत देशभरमा मृत्यू भएकालाई क्षतिपुर्ति, घाइतेलाई उपचार, गिरफ्तार गरिएकालाई रिहाई, मुक्त कम्लहरी पुनःस्थापना, भुमिहिन सुकुम्बासीहरुको बसोबासका साथै रोजगारको ग्यारेण्टी, थारुजातिमा देखिएको बंशानुगत रोग सिक्कल सेल एनिमिया रोगको निशुल्क उपचारको ब्यबस्था गर्न सरकारसंग माग गर्ने प्रस्ताब पारीत गरेको छ।

त्यस्तै मातृभाषामा शिक्षाको ब्यबस्था, थारु संस्कृति संरक्षण गर्न निति तथा योजना, देशभरका आग्लागी पिडितलाई क्षतिपुर्तिको ब्यबस्थागर्न सरकार संग माग गर्ने लगायतका प्रस्ताब सम्मेलनले पारीत गरेको छ ।

गते चलेको सम्मेलनले नयाँ केन्द्रिय कार्यसमिती पनि चयन गरेको छ । सन्तकुमार थारुको अध्यक्षतामा १८ सदस्य पछि थप्ने गरी ७५  सदस्सीय नयाँ केन्द्रिय कार्यसमिती चयन गरेको हो । तुलसीपुरको अरणीको मैदानबाट शुरु भएको सम्मेलनको एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उदघाटन गर्नुभएको थियो । सम्मेलन हिजो ११ गते सम्म चलेको थियो ।

यो पनि पढ्नुस्:

विवादका बीच सकियो थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन, अध्यक्षमा सन्तकुमार थारु

Leave a Reply to BillySut Cancel reply

Your email address will not be published.