मन्त्रीको दुखेसो- थारु आन्दोलनकारीले मञ्जु चौधरीको हातखुट्टा काट्न किन आएनन् ?

Manju Chaudhary

सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले नयाँ संविधानले कसैलाई भेदभाव नगरेको बताएकी छन्। विमल चौधरी नेतृत्वमा गठन भएको थारु विद्यार्थी समाज उपत्यका समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले नयाँ संविधानमा थारुको अधिकार पनि सुनश्चित भएको बताइन्।

‘नयाँ संविधानमा सबैका अधिकार सुनिश्चित भएको छ। थारुका अधिकार पनि सुनिश्चित भएका छन्। कसैलाई माग पूरा गर्न नलागेको भए हामीलाई भन्नुस्। हामी संसोधन प्रस्ताव गर्छौं,’ कार्यक्रममा उनले भनिन्। उनले यो संविधान अहिलेसम्मै उत्कृष्ट भएको बताइन्।

उनले थारुहरुको माग मुद्दाका लागि आफूले कडा आवाज उठाउँदै आएको बताइन्। उनले संविधानसभा पनि आफूले अग्रस्थानमा रहेर आवाज उठाएको बताए। ‘म पनि थारु समुदायबाट हुँ। थारु समुदायप्रति मेरो जिम्मेवारीबोध छ। त्यसैले मैले पटक पटक थारु समुदायका हकअधिकार लागि लड्दै आएकी छु,’ उनले भनिन्।

उनले नयाँ संविधानको विरोध गरिरहेका थारु समुदायलाई राम्रोसँग संविधान पढ्न सुझाइन्। उनले संविधानमा हस्ताक्षर गर्ने थारु सभासद्हरुलाई धम्की दिँदै उनीहरुको घरमा आक्रमण गरेको स्मरण गराउँदै आफूलाई कसैले पनि धम्की दिन नआएको बताइन्। उनले आन्दोलनकारीहरुलाई आफूलाई किन यस्तो धम्की नदिएको भन्दै गुनासोसमेत गरिन्।

‘म पनि थारु समुदायकै निर्वाचित सभासद् हुँ। संविधानको विरोध गर्ने थारुहरुले केही सभासद्को घर तोडफोड गर्नुभयो। हातखुट्टा काट्ने धम्की दिनुभयो। मञ्जु चौधरीलाई हातखुट्टा काट्ने धम्की किन दिनुभएन? धमक्की दिनेहरु कहाँ गएका थिए,’ उनको प्रश्न थियो।

मन्त्री चौधरीले पटक पटक नयाँ संविधान उत्कृट भएको दोहोर्‍याएकी थिइन्।

सम्बन्धित समाचार 

थारु विद्यार्थीद्वारा समुदायका पाँच युवालाई सम्मान प्रदान [फोटो फिचर]

चम्पन सांस्कृतिक समूहको बेजोड प्रस्तुती (भिडियो हेर्नुस्)

Leave a Reply to Williamonedo Cancel reply

Your email address will not be published.