१५ तस्बिरमा हेर्नुस् चिरै भजहर

Tharu Woman Festive- Chirai Bhajahar 01

शब्द/तस्बिर : अविनाश चौधरी।

 कैलालीको थारु महिलाले धनगढीमा चिरै भजहर पर्व मनाएका छन्। सखी सञ्जाल कैलालीको आयोजनामा भजहर पर्व मनाइएको हो। थारु महिलाले स्वतन्त्रताको रुपमा यो पर्व मनाउने गरेका छन्। यस पर्वमा महिलाहरु आफू चराजस्तै स्वतन्त्र मानेर रमाउने गरेको सखी सञ्जालका जिल्ला अध्यक्ष इन्दु चौधरीले बताइन्। उनका अनुसार यो पर्वका क्रममा महिला तथा युवतीहरुले आफू स्वतन्त्र भएर रमाउने गर्छन्।
भजहर पर्वमा मिठो परिकार खाने, बाटो छेकेर स्वैच्छिक चन्दा सङ्कलन गर्ने चलन रहेको छ। यो पर्वमा कोइली दिदी, तारा चिरउवर, उक्रुङ्ग ढुक्रुङ्ग जस्ता पौराणिक खेल खेल्ने गरिन्छ। त्यस्तै, नाचगान गर्दै रमाउने समेत गरिन्छ।
Chirai bhajahar 12

चिरै भजहर पर्व मनाएमा गाउँघरबाट रोगव्याधी हट्ने जनविश्वास रहेको छ। परापूर्वकालमा थारु समुदायमा देखिएको दादुरा र औलो रोग हटाउनका लागि यो पर्व मनाउन सुरु गरिएको किंबदन्ती रहेको स्थानीय दुर्गा कुश्मीले बताइन्। उनले भनिन्, ‘चिरै भजहर पर्व मनाएमा यस्ता रोग नलाग्ने जनविश्वास रहेको छ।’
गाउँघरमा सुख, शान्ति प्राप्तीका लागि पहिल्यैदेखि नै भजहर पर्व मनाउने चलन रहेको दुर्गा महतोले बताइन्। उनले यो पर्व मनाएमा कृषिबाली सप्रिने विश्वास समेत गर्दै आएको बताइन्।
थारु समुदायको परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत दुई वर्षदेखि युवापिढीले यो पर्व धनगढीमा मनाउने गरेको सखी सञ्जालका अध्यक्ष चौधरीको भनाइ छ। उनले यसवर्ष पनि युवा पिढीले नै जुर्मुराएर गाउँघरमा मनाउँदै आएको पर्वलाई धनगढीमा मनाएको बताइन्।

Chirai bhajahar 01

Chirai bhajahar 02

Chirai bhajahar 03

Chirai bhajahar 04

Chirai bhajahar 05

Chirai bhajahar 06

Chirai bhajahar 07

Chirai bhajahar 13

Chirai bhajahar 11

लखन चौधरीका तस्बिर हेर्नुस्.

Chirai bhajahar 08

Chirai bhajahar 09

Chirai bhajahar 10

Chirai bhajahar 14

Leave a Reply to BillySut Cancel reply

Your email address will not be published.