विद्यार्थीको अधिवेशनमा अध्यक्षमाथि आक्रमण, चुनाव मिति सारियो

OM Mahato

थारु विद्यार्थी समाज उपत्यका समितिका अध्यक्ष ओमनारायण महतोमाथि आक्रमण भएको छ। ललितपुरको पाटन क्याम्पसमा भएको छैटौं अधिवेशनका दौरान महतोमाथि आक्रमण भएको हो। दस-पन्ध्र जनाको समूहले आफूमाथि आक्रमण गरेकाे महतोले बताए। ‘हल अगाडिको प्रांगनमा उभिरहेका बेला एक्कासी दस पन्ध्र जनाको समूहले ममाथि हातपात गर्याो। मेरो कलर समात्ने काम गर्याे,’ महतोले थारुवानसँग भने, ‘विद्यार्थी त संघर्षशील, मिहिनेती हुन्छन्, झगडा, मारपिट गर्ने त गुण्डा, अावारा, गजडी हुन्छन्, त्यस्ता व्यक्तिहरूलाई विद्यार्थी मान्न सकिँदैन।’

Tharu Student Vally Commity 09प्रतिनिधि विवादले निर्वाचन मिति सारियो

करिब डेढ वर्षअघि चितवनमा भएको थारु विद्यार्थी समाजको महाधिवेशनमा प्रतिनिधि लफडा र निर्वाचन मन्डलको कमजोरीले महाधिवेशन स्थगित हुन पुगेको थियो। जुन आजका मितिसम्म हुन सकेको छैन। त्यही समस्या उपत्यका पनि देखिएको छ। प्रतिनिधिबारे टुंगो लगाउन नसक्दा शनिबारको अधिवेशन स्थगित भएको छ। निर्वाचन मन्डलले पनि तयारी नपुगेको भन्दै चुनाव मिति सारेको छ। नयाँ कार्यसमितिका लागि सोमबार मतदान हुने निर्वाचन मन्डलले जनाएको छ।

Bimal Vs Sanjay

नयाँ कार्यसमितिमा सचिव विमल चौधरी र सदस्य संजय चौधरीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। उनीहरुले आ-आफ्नै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन्।

यो पनि पढ्नुस्:

उपत्यका थारु विद्यार्थीको छैटौं अधिवेशनमा जे देखियो 

अध्यक्षका प्रत्यासी विमल र संजयले प्यानल बनाएर चुनाव लड्ने

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.