गच्छदारको पार्टीबाट राजीनामा

Vijay Gachhadar 01

पार्टी अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्रीको हैसियतमा ओली नेतृत्व सरकारमा सहभागी भएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पर्सा र बाराको सम्पूर्ण जिल्ला कार्यसमिति र केन्द्रीय सदस्यले राजीनामा दिएका छन्।
सोमबार साँझ वीरगन्जमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी अध्यक्ष गच्छदारले मधेसलाई धोका दिएर जनतासँग गद्दारी गरेको आरोप लगाए। तत्काल कुनै दलमा प्रवेश गर्ने सम्बन्धमा निर्णय नगरेका उनीहरूले जारी आन्दोलनमा होमिने बताएका छन्।

‘मधेस आन्दोलनको मर्म र भावनाविपरीत अध्यक्ष विजयकुमार गच्छदार केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका छन्,’ फोरम लोकतान्त्रिकका पर्सा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य शशिकपुर मियाँले भने, ‘आन्दोलन चलिरहँदा दुई चिरामा विभाजित भएर ओली र सुशील कोइरालालाई आफ्नो मत दिएर मधेसी दलका नेताहरूले नैतिकता गुमाएका छन्।’

फोरम लोकतान्त्रिकका केन्द्रीय कोषाध्यक्ष वीरेन्द्रलाल नेपाली, पूर्व राज्यमन्त्रीद्वय कलावती पासवान, दुर्गादेवी महतो, केन्द्रीय सदस्य कृपासिन्धु चौधरी, बारा जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, केन्द्रीय सल्लाहकारद्वय अधिवक्ता वकिल मियाँ, प्रमोद पटेल, फोरम लोकतान्त्रिक पर्साका नेताहरू सुधीरनाथ पाण्डे, रामेश्वर पटेललगायत पर्सा र बारा जिल्ला समितिका सदस्य तथा पदाधिकारीले पार्टी परित्यागको घोषणा गरेका हुन्।

Leave a Reply to HenryTow Cancel reply

Your email address will not be published.