एमाओवादी सांसदलाई गोली हान्ने धम्की

केपी ओलीलाई भोट हालेमा गोली हानिदिने एमाओवादीका केही मधेसी सांसदलाई धम्की आएको छ । एमाओवादी सभासद निशा साहलाई केपी ओलीलाई भोट हालेमा गोली हानिदिने भन्दै अज्ञात व्यक्तिले धम्की दिएको हो ।
‘मलाई मधेसतिरबाट फोनमा धम्की आयो,’ सांसद साहले भनिन्-‘ ओलीलाई भोट हालिस् भने मधेस आएका बेला गोली हान्छौं भनेर धम्की दिएका छन् ।’
निशालाई जस्तै एमाओवादी सांसद सोनिया यादवलाई पनि ओलीलाई भोट नहाल्न भन्दै फोनमा धम्की आएको थाहा भएको छ ।
‘तर, जस्तै धम्की आए पनि हामी एमाओवादीका ८३ जना सभासदले पार्टीको निर्णयअनुसार पालना गर्नेछौं,’ सांसद निशाले अनलाइनखबरसँग भनिन् ।

Leave a Reply to WilliamBycle Cancel reply

Your email address will not be published.