बर्दियाको मैनापोखरीमा महिला आन्दोलनकारीमाथि प्रहरीको लाठी (फोटो फिचर)

    Mainapokhari bardiya protest 02 नेपालगन्ज-गुलरिया सडक खण्डको मैनापोखरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा १५ आन्दोलनकारी र ३ जना प्रहरी घाइते छन्।

Mainapokhari bardiya protest 06

त्यसमध्ये बढी चोटपक लागेकाहरुलाई उपचारका लागि नेपालगन्ज पठाइएको थरुहट कार्यकर्ता अन्जता राउतले बताएकी छन् । सबै घाइते आन्दोलनकारीहरु महिला हुन् ।

Mainapokhari bardiya protest 04

आन्दोलनकारीले बन्द राखेको उक्त सडकबाट सुरक्षाकर्मीको सहारमा यात्रु वाहक बस जान खाजेपछि तनाव भएको हो । आन्दोलनकारीले बसमा ढुंगा हानेपछि  प्रहरीले बल प्रयोग गर्नु परेको प्रहरी निरीक्षक खेम राउतले बताए ।

Mainapokhari bardiya protest 03

सहायक प्रमुख जिल्ला अधिकारी र एसपीको गाडी मैनापोखर पुगेको बेला त्यही आडमा यात्रु बाहक बस जान खोजेको थियो । करिब तीन साता अघि मैनापोखरमा भएको झडपमा ईप्रका मैनापोखरका हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको थियो ।

Mainapokhari bardiya protest 01

Mainapokhari bardiya protest 05

Leave a Reply to RichardBet Cancel reply

Your email address will not be published.