वार्तको वातावरण बनाउने जिम्मा राजकुमार, अमनलाल र मीनराजलाई दिइयो

Tharu Neta

थरुहट/थारुवान संयुक्त संघर्ष समिति प्रधानमन्त्री सुशील कोइरालासँग ‘अनौपचरिक वार्ता’ गर्न सहमत भएको छ। कांग्रेसका सभासद् तेजुलाल चौधरीका अनुसार वार्ताको वातावरण बनाउन सचिवालयका ती नेतालाई जिम्मेवारी दिइएको छ।

जसअनुसार थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखी, एमाओवादी सभासद् अमनलाल मोदी र थरुहट तराई पार्टी नेपालका सचिव मीनराच चौधरी छन्। उनीहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी वार्ताको वातावरण बनाउनेछन्। उनका अनुसार तीन नेताले वार्ताको वातावरण बनाउन संघर्ष समितिले अघि सारेको सातबुँदे सर्त प्रधानमन्त्रीसमक्ष राख्नेछन्। थारुहट संघर्ष समितिले सेना व्यारेक फिर्ता हुनु पर्नेसहितको पूर्वसर्त राखेको छ।

Leave a Reply to EdwardNig Cancel reply

Your email address will not be published.