लक्ष्मण थारु भैरहवाबाट पक्राउ

Laxman Tharu in Kailali

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले बुधबार बिहान थारुलाई भैरहवाबाट पक्राउ गरेको हो। कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै थारुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताएका छन्।

भैरहवास्थित देवी चौधरीको घरमा रहेको फोरम लोकतान्त्रिकको कार्यालयबाट लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। थारुले थारुवानसँग कुरा गर्दै पक्राउको पुष्टि गरे। ‘देवी चौधरीजीको घरबाट आज बिहान मलाई पक्राउ गरियो,’ उनले थारुवानसँग भने, ‘सोधपुछको लागि भन्दै ल्याउनुभयो। अहिले जिल्ला प्रहरी कार्यालयमा राखेका छन्।’

उनी भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए। यसअघि पनि उनलाई पक्राउ गर्न राजधानीस्थित उनकै रेस्टुराँ थारु भिलेजमा छापा मारेको थियो।

Leave a Reply to JohnnyTaf Cancel reply

Your email address will not be published.