पत्रकार लक्की चौधरी भन्छन्- मध्यस्थकर्ता खोज्दै त्रसित टीकापुर

Lucky Chaudhary

डेढ वर्षे बालक र नेपाल प्रहरीका एसएसपीसहित नौ जनाको हत्या हुने गरी टीकापुर घटना भएको सोमबार आठ दिन पुगेको छ । गत सोमबारको घटनापछि टीकापुर अहिलेसम्म मौन छ, तर भित्रभित्रै निस्सासिएको छ । मूर्दाशान्ति मात्र छ टीकारपुरमा । टीकापुर भ्रमणमा गएको नेपाल पत्रकार महासंघको टोलीका सदस्य लक्की चौधरी भन्छन्- ‘टीकापुरको सडकमा हिडिरहँदा मुर्दाघरको आँगनमा हिँडेको अनुभूति भयो । सुनसान सडक, छेउछाउका घरको झ्याल र ढोकाबाट मानिसहरु चियाएर हेर्ने गर्छन् ।’
स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ । लगतारको २४ घण्टे कफ्र्यूपछि आइतबार र सोमबार २ घण्टा कफ्र्यू हटाएको थियो । तर, स्थानीय समुदायले त्रास कायमै छ ।
थारु आन्दोलनकारी नेताहरु अर्धभूमिगत जस्तै भएको छ । स्थानीय प्रशासनले आइतबार राति थप ६ जनालाई पक्राउ परेपछि उनीहरु थप आतंकित भएका छन् ।
थरुहट/थारुवान संयुक्त संघर्ष समितिका कैलाली कञ्चनपुरका संयोजक लाहुराम चौधरीले भने- ‘प्रशासनले कफ्र्यू लगाएर थारुहरुलाई धरपकड गर्ने गरिरहेको छ । यसले वातावरण झन बिगार्ने क्रम गरेको छ ।’ उनकै शब्दमा आन्दोलनकारीको आक्रमणमा प्रहरी मारिएपछि थारु समुदायमाथि देशको नागरिक नै होइनन् भने जस्तो व्यवहार भएको छ र उसले झन आक्रोश बढाएको छ ।
कफ्र्यूका बीच थारु समुदायको पसल, घर लगायतमा आजगनी भएपछि साम्प्रदायिक हिंसाको त्रास समेत बढेको थियो । कफ्र्यूले त्यसलाई टारेको त छ तर, समाधान भएको छैन ।
पत्रकार चौधरी भन्छन्-अखण्ड र थरुहट पक्षबीच आन्तरिक समस्या समाधानका लागि सदभावको आवश्यकता छ ।’
राजनीतिक मुद्दालाई लिएर आन्दोलन भएकाले केन्द्रीय स्तरबाट यसको समाधान खोज्नुपर्छ । यसलाई सम्बोधन गर्न जति ढीला गर्‍यो, त्यति अर्को अपि्रय घटनालाई निम्त्याउनु जस्तै छ ।
तर, थारु र पहाडी समुदायबीच फेरि पहिलाको जस्तै मिलेर बस्न स्थानीय स्तरमा विश्वासको वातावरण बनाउन पहल जरुरी छ । स्थानीय नागरिक समाज, मानवअधिकारकर्मी आफैंमा विभाजित छन् । पत्रकार चौधरी भन्छन्- ‘त्यहाँ मध्यस्थकर्ताको जरुरी छ । तर, पहल लिन कोही तयार देखिएका छैनन् ।’
थारु नेताहरु पनि आफूहरु कुनै समुदायविरुद्ध नभएको बताउँछन् । थारु नेता लाहुराम चौधरीले भने-‘हाम्रो कुनै समुदायसँग दुस्मनी होइन । हामी अहिले पनि मिलेर बस्न चाहन्छौं । तर, वार्ताको वातावरण बनाउन मध्यस्थकर्ता चाहियो ।’
कैलालीका पत्रकार श्रवण देउवा स्थानीय स्तरबाट मध्यस्थकर्ताको भूमिका निभाउन सक्ने अवस्था देख्दैनन् । केन्द्रबाट शीर्ष नेतृत्व वा मानवअधिकारकर्मी मध्ये कसैले मध्यस्थर्ता गर्न जरुरी भएको पत्रकार चौधरी बताउँछन् ।
विगतमा चर्चामा आउने मानवअधिकारवादीहरु मध्यस्थकर्ताको भूमिका खेल्नुको साटो बेपत्ता भएको गुनासो स्थानीय थारु नेताहरुले गरेका छन् ।

अनलाइनखबरबाट

Leave a Reply to EverettJah Cancel reply

Your email address will not be published.