मध्यरातमा थारु गाउँमा प्रहरी छापा, बर्घरसहित दर्जनौ पक्राउ

Laxman Tharuकैलालीका विभिन्न थारु गाउँमा आइतबार मध्यरात प्रहरीले छापा मारेको छ। टीकापुर आसपासका गाउँमा छापा मारी बर्घरसहितका थारुहरुलाई पक्राउ गरेको थारु अगुवा लक्ष्मण थारुले जानकारी दिए।

उनका अनुसार बर्घर जितबहादुर थारुसहित दर्जनौं पक्राउ परेका छन्। थापापुर, नवलपुर, फैरा, गोचौरालगायतका ठाउँबाट वृजमोहन थारु, राजेश थारु, राजेश चौधरी, सन्तराम थारु, किसुन थारु, सितल दास थारुलाई राति १ बजेतिर आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी मिलेर गिरफतार गरेको उनले बताए।

उनका अनुसार थारु गाउँका महिलाहरुलाई पनि हातपात गरीएको छ। उनले स्थानीय प्रशासनलाई जातीय सद्भामव नबिथोल्न प्रशासनसँग आग्रह गरेका छन्। ‘थारुमाथि जातीय सद्‍भाव बिथोल्ने काम गर्नु हुँदैन, शान्ति अमन चयन खल्बल्याउने काम सरकारले गर्दैछ। थारुलाई फेरि लड्न बाध्य बनाइँदैछ,’ उनले भने, ‘सम्पूर्ण थारुहरु सतर्क र शान्तिपूर्ण प्रतिरोधका लागि तयार हुन अनुरोध गर्दछु।’

Leave a Reply to BrettVow Cancel reply

Your email address will not be published.