आन्दोलनका लागि विजय गच्छदारको छुट्टै मोर्चा

Bijay Gachhadarसीमांकनप्रति असन्तुष्ट बन्दै उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव सम्मलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनरत रहिरहेको बेला मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पनि मोर्चा गठन गर्ने भएका छन् ।

गच्छदारले नेतृत्व गर्ने सो मोर्चामा गच्छदारको फोरम लोकतान्त्रिक पार्टीसहित शरत्सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक रहेको बताइएको छ ।

हिजो तीन दलका अध्यक्षको बीचमा बसेको बैठकले मोर्चा बनाउने निर्णय गरेको फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले जानकारी गराए ।

तराई मधेशका जनताको चाहना अनुसार सविधान बन्ने सम्भावना नदेखिएको र यसका लागि संयुक्त रुपमा संघर्ष गर्नुपर्ने भएकाले हाललाई तीन दलको मोर्चा बनाउने निर्णय भएको उनले बताए ।

आफूहरुको विचारसँग मेल खाने अन्य पार्टीलाई पनि मोर्चामा सहभागि गराउने निर्णय भएको बताउँदै मोर्चाको नाम, आचारसहिंतालगायतका विषयमा टुगों लगाउन तीन सदस्यीय कार्यदल गठन भएको उनले जानकारी गराए ।

कार्यदलमा फोरम लोकतान्त्रिकको तर्फबाट जितेन्द्र देव, फोरम गणतान्त्रिकको तर्फबाट सीपी सिह र रामसपाको तर्फबाट केशव झा रहेका छन् । आज बस्ने कार्यदलको बैठकले सबै विषयमा छिनोफानो गरी भोलीसम्ममा मोर्चाको घोषणा हुने बताइएको छ ।

Leave a Reply to Scottlok Cancel reply

Your email address will not be published.