प्रधानमन्त्रीज्यू, थारु नेपालका जनता होइनन्?

Mahabir Chaudhary

महावीर चौधरी

प्रधानमन्त्रीज्यू, थारुहरु को हुन्? के थारुहरु नेपालका जनता होइनन्? यदि थारुहरु नेपालका जनता हुन् भने थारुलाई राज्यबाटै दमन् शोषन, अन्याय र अत्यचार किन? के सम्पूर्ण नेपाली जनताको सुरक्षाको जिम्मेवारी नेपाल सरकारको होइन?

कैलाली टिकापुरमा भदौ ७ गते थारु प्रदर्शनकारीबाट जुन अप्रिय घटना भयो, त्यो घटनाप्रति हामी सम्पूर्ण थारु दुःखित छौं। तर उक्त घटना हुनुमा राज्यको ब्राह्मणवादी सोचले वर्षौंदेखि थारुमाथि गरेको दमन र शोषनको प्रतिफलको रुपमा लिन सकिन्छ।

घटनालगत्तै सरकारले टीकापुरलाई दंगा क्षेत्र घोषणा गर्यो्। कर्फ्यू लगाइयो। तर कर्फ्यू लगाउँदा पनि थारुका घरहरु तोडफोड भए। आगजनी भए। सञ्चारगृहमाथि आगजनी गरियो। सभासद् जनकराज चौधरी र रेशम चौधरीको घर र एफएममाथि तोडफोड र आगजनी गरियो। कर्फ्यूका बावजुद कसले आगजनी गर्न सक्छ? पक्कै पनि घटनामा प्रहरी प्रशासन वा उनीहरुकै संरक्षणमा अखण्ड पक्षधरले आगजनी गरेको सजिलै बुझ्न सकिन्छ। नत्र भने कर्फ्यूका बावजुद कसले गर्न सक्छ आगजनी? कि कर्फ्यू थारुका लागिमात्र थियो? होइन हुँदो हो त प्रहरी प्रशासनले आगजनीजस्ता क्रियकलाप रोक्न सक्दैनथे? धेरै प्रश्नहरु छन्। प्रहरी प्रशासनले थारुलाई कुन रुपमा हेरिरहेको छ भनेर।

त्यतिमात्र होइन। अहिले मानवअधिकारवादीहरु पनि दुलोमा बसेका छन्। सोझासिधा थारुलाई प्रहरीले जबरस्ती घरबाटै पक्राउ गरिरहेका छन्। यातना दिइरहेका छन्। यस्तो बेला अन्तर्राष्ट्रिय संस्थाहरुको नजर पनि पर्न सकेको छैन। किनकि सबैले थारुलाई दासत्वको नजरबाट हेर्ने शैलीमा परिवर्तन आएको छैन। आजका दिन पनि थारुलाई कमैया र कमलरी सोच्ने ब्राह्मणवादी सोचका कारण टीकापुर घटना घटेको थियो। यस्तै राज्यले यस्तै मानसिकता बोकिरहे यस्तो घटना नदोहोरिएला भन्न सकिन्न।

मङलबार बिहन करिब १० बजे टीकापुरबाट एक मित्रले फोनमार्फत् जानकारी गराएका थिए- कि अखण्ड पक्षधरका एक समूहले थारु बस्तीमा बसेर तोडफोड र आगजनीका क्रियकलाप गर्दैछन् भनेर। मित्रको सम्बाद सुनेर अतालिएको म प्रहरी प्रशासन र आन्दोलनका थारु अगुवाहरुलाई खबर पठाएको थिएँ। सम्भावित घटनाबाट बच्न नेताहरुको दबाबले पनि काम गर्न सक्थ्यो। तर प्रहरी प्रशासनको आडमा थारु नेताहरु पनि नतमस्तक बने। जसको परिणमा थियो- सभासद्लगायत थारुका घरमा तोडफोड र आगजनी। अनि कसरी भन्न सक्छु- राज्यले हामीलाई संरक्षण गर्योय। राज्यले हामीलाई विभेद गरेन। सामान्य मान्छेले पनि राज्यको यो रवैया बुझ्न सक्छन्।

प्रहरी जनताका संरक्षक हुन्। जनतामाथि आतंक मचाउने अधिकार सुरक्षाकर्मीलाई कदापि छैन। अहिले पनि प्रहरीहरु कैलालीका थारु गाउँमा पसेर निर्दोष थारुलाई गिरफतार गर्ने काम जारी राखेका छन्। थारु महिलामाथि जबरजस्ती गरिरहेका छन्। यसलाई शान्तिको मार्ग कदापि भन्न सकिँदैन। यो प्रहरी दमन हो। यसले अन्ततः टीकापुर घटनालाई बिर्सिने नभएर मलजल गर्न प्रेरित गर्नेछ। त्यसैले राज्य प्रशासन टीकापुरका थारुमाथि भइरहेको दमन शोषण रोक्न अपिल गर्न चाहन्छु। साथै मानवअधिकारवादीहरु थारुप्रति भइरहेको दमन शोषणप्रति गम्भीर भइदिन अनुरोध गर्दछु।

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.