सीके राउतदेखि उपेन्द्र, राजेन्द्र पसेपछि हामी आन्दोलनमा गएनौं : वैजनाथ चौधरी

baijnath-chaudhary

एमाले नेता तथा सभासद् बैजनाथ चौधरीले थारु आन्दोलनमा मोहन वैद्यदेखि सीके राउतसम्मको संलग्नता रहेकाले आफूहरु सहभागी नभएको बताएका छन्। थारु आन्दोलनमा एमालेका सभासद्हरु सहभागी छैनन्। चौधरीका अनुसार, यो आन्दोलनमा सिके राउत, वैद्य र विप्लब र राजेन्द्र महतो सबैको गठबन्धन भएकाले एमालेका थारु बाहिर बसेका हुन्। त्यसो भए थारुको माग सम्बोधन गर्ने माध्यमार्गी बाटो के हो त? चौधरी भन्छन्- ‘दाङदेखि कन्चनपूरसम्मको भूभागलाई एकै प्रदेशमा राखेर समाधान खोज्न सकिन्छ।’

उनले टीकापुरको घटनालाई सुनियोजित भनेका छन्। अनलाइनखबरसँग कुरा गर्दै उनले भने- स्थानीय प्रशासनसँग थरुहट र अखण्ड दुवै आन्दोलनकारी बसेर शान्तिपूर्ण आन्दोलन गर्ने, कुनै हालतको हिंसा नगर्ने सहमति भएको थियो त्यही विहान। त्यसको लगत्तै जुन खालको मान्छे उपस्थित गराइयो र धोखापूर्ण ढंगले सुरक्षाकर्मीको हत्या भयो, यो निकै गम्भीर विषय हो। यसको छानबिन गर्न सरकारले समिति बनाइसकेकाले त्यसको रिपोर्ट आउला नै, अहिले म यति चाहिँ दावीका साथ भन्छु कि, यो घटना वा आन्दोलन थारुका माग पूरा गराउने ढंगले भन्दा पनि अहिलेसम्म पाइएका उपलव्धी पनि गुम्ने ढंगले भएको छ।‘

उनले यसको जिम्मेवारी पनि थरुहट/थारुवान संयुक्त संघर्ष समितिले लिनुपर्ने बताए। ‘जिम्मेवारीबाट पन्छिनु गैरजिम्मेवारपूर्ण कुरा हो। आन्दोलनको नेतृत्व गर्नेहरुले जिम्मेवारी लिनैपर्छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएर कसैले छुट पाउँदैन।

उनले भने- नेकपा एमालेमा रहेका थारु सभासद र थारु नेता कार्यकर्ताहरु यो आन्दोलनमा छैनौं। थारुको माग पूरा हुनुपर्छ, समानुपातिक समावेशी प्रतिनिधित्व सहितको अधिकार संविधानमा स्पष्ट लेखिनुपर्छ भनेर हामी लागेका छौं। तर, यो आन्दोलनमा जुन गठबन्धन बनेको छ, यसप्रति हामी सशंकित भयौं। यसमा मोहन वैद्यदेखि सिके राउतसम्मको संलग्नता छ। उपेन्द्र यादव राजेन्द्र महतोदेखि विप्लबसम्मको सहभागिता रहेपछि हामी यसमा नबसेका हौं।’

उनले दाङदेखि कन्चनपूरसम्मको भूभागलाई एकै प्रदेशमा राख्नुपर्ने बताए। त्यसो भयो भने थारु आन्दोलनका अधिकांश माग पूरा हुने उनको दाबी छ। ‘त्यसो भए उनीहरूको भाषा, भेष, संस्कृति मिल्छ। उनीहरुबीच बेटी रोटीको सम्बन्ध छ,’ उनले भने।

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.