थारु सभासदले प्रधानमन्त्रीलाई सोधे ‘कर्फ्यु थारुहरुलाई मात्रै हो कि अरुलाई पनि हो?’

Tharu Lawmaker

बिभिन्न दलका थारु सभासदले कैलालीको टीकापुरमा थारु सभासद र नेताहरुको घरमा छानीछानी आगजनी भएको भन्दै प्रधानमन्त्री र शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन्। आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले टीकापुरमा कर्फ्युको समयमा थारु समुदायको घरमा आगलागी हुँदा पनि प्रशासनले रोक्न पहल नगरेको आरोप लगाए।

‘त्यहाँ थारुहरुका लागि मात्रै कर्फ्यु हो कि अरुका लागि पनि हो हामीलाई जवाफ चाहियो भन्यौं’ एमाओवादी सभासद अमनलाल मोदीले भने ‘अगाडि अगाडि भीडले आगो लगाउँदै जाने सेना र प्रहरी पछाडि चुप लागेर बसेको जस्तो देखियो, त्यसैको बारेमा प्रधानमन्त्री र शीर्ष नेताहरुलाई जानकारी गराएका हौं।’

थारु सभासदले हिजो राती ११ वजेतिर र आज बिहान १० बजेतिर टीकापुरमा थारु समुदायको घरमा आगजनी भएको बताएका थिए। बालुवाटारमा बिहान चार दलको बैठकपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई सभासदहरुले ध्यानाकर्षण गराएका हुन्।

हिजो दिउँसो टीकापुर क्षेत्रमा थरुहट प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीका एसएसपी सहित ७ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो। सरकारले त्यस क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरेको छ भन् अनिश्चितकालीन कर्फ्यु लगाएको छ। कर्फ्यु लगाएका बेला थारु सभासद जनकराज चौधरी सहित केही नेताहरुको घरमा आगजनी भएको थियो।

पहिलोपोस्टबाट साभार

Leave a Reply to Scottlok Cancel reply

Your email address will not be published.