थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?

Sher

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू थारु विरोधी नभएको बताएका छन् । थारु समुदायको आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको हिंसात्मक आन्दोलनमा एसएसपीसहित सात सुरक्षकर्मी मारिएको भोलिपल्ट देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरेका हुन् ।

पत्रकार सम्मेलनमा देउवाले आफ्नो दायाँ बायाँ दुबै तिर पार्टीका थारु नेता तथा सभासदलाई राखेका थिए । उनले भने- थारुका लागि सबैभन्दा बढी लडेको मान्छे म । थारुलाई जमिन दिलाउने म कसरी थारु विरोधी भएँ ।’

थरुहट प्रदेश बनाउनु पर्ने थारु समुदायको मागबारे भने उनले केही बताएनन् ।  वरिष्ठ नेता देउवाले आफूलाई थारुलाई रौं पनि दिन्न नभनेको दाबी गरे । तर, जिल्ला टुक्राउन नहुने पक्षमा हिजो पनि रहेको, आज पनि रहेको र भोलि पनि रहने बताए ।

उनले सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले राजनीतिक कुरा गरेको भन्दै आपत्ति समेत जनाए । सम्वाद समितिको सभापति भएपछि राजनीतिक कुरा गर्न नपाइने भन्दै उनले भट्टराईले झगडा गराउने काम गरेको आरोप पनि लगाएका छन् ।

अनलाइनखबरबाट

Leave a Reply to Josephgum Cancel reply

Your email address will not be published.