एकपटक थारु भएर सोचौं

Geeta Chaudhary

गिता दृष्टि
सदियौंदेखि यही भूमिमा जन्मियौं, यही माटोमा हुर्क्यौं। आफ्ना नग्रा यही भूमिलाई उर्वर बनाउनका निम्ति खियायौं। हाम्रा पुर्खाहरुले औँलोको प्रवाह नगरी बाघ भालुको चङ्गुलबाट घना जंगललाई बस्ती बस्न लायक बनाए। त्यही उर्वर भूमिबाट उत्पादन गरी देशको आर्थिक उन्नतीसँगै देश विकासमा टेवा पुर्यांएको कुरा नेपालमा बस्ने सम्पूर्ण जातजातिले प्रशंसा गरेर थाक्दैनन्। यो कुरा सबैलाई थाहा छ।  

राष्ट्रियता जोगाउनका निमित्त थारुले अहिलेसम्म कुनै कसर बाँकी राखेको छैन। यो देश निर्माणमा आफ्नो थोपा थोपा पसिना बगाएको छ। देशको कुना काप्चा बन जंगल खोला नालाको खाल्सा खाप्सीलाई खेतीयोग्य जमिन बानाएर देशको विकासका निमित्त एउटा सँच्चा नागरीकले निभाउनुपर्ने सम्पूर्ण दायित्व निभाएको छ।

यो भूमि, यो देश, यसको सार्वभौमिकता, यो देशको रक्षार्थ अहोरात्र खटिएको छ। (यति भनिराख्दा यो देश निर्माणमा अन्य समूदायको योगदान नै छैन भनेर भन्न खोजिएको होइन)। यो त राज्य र देशका शासक र नागरिक समाजले स्वीकारेको कुरा हो।

अहिले राजनीतिक परिवर्तन र अधिकार फेरबदल र सम्पूर्ण जनताले आफ्नो अधिकार खोजिरहेको बेला थारु समुदाय पनि म यो देशको नागरिक, मेरो पनि अधिकार पाउनुपर्छ, मैले पनि यो देशमा आफ्नो पहिचान पाउनुपर्छ भन्दा त्यो कुराको सुनुवाइ भएको छैन। थारुले गरेको योगदानलाई प्रशंसा गरेर नथाक्ने यो देशका शासक अहिले उसको यागदान देशको सँच्चा नागरिकलाई उपेक्षा गरिरहेको छ। यो कुरा कसैले मनन गरेको स्थिति छैन।

हिजो कैलाली-टिकापुर नजिकै दुगौर्ली भन्ने स्थानमा एउटा नराम्रो घटना घट्यो। जहाँ प्रहरी उपरीक्षकसहित सात जना प्रहरी र दुई वर्षका बालकको मृत्यु भएको खबर मिडियामा आयो। जुन देशका लागि एकदम दुखद र कालो दिन हो। यो कुरालाई थारु समुदायले पनि भर्त्सना गरेको छ। थारु समदायले पनि यो घटनामा आफ्नो सपूतहरुलाई गुमाएको छ। तर अहिले मिडया, सरकार, नेता र राजनीतिक दलले निस्वार्थरुपमा घटनाको छानबिन हुनुपर्ने बहस भइरहेको छ। घटनाको सत्यतथ्य नबुझी थारुलाई सोसल मिडियादेखि सबैले गाली गरिरहेको स्थिति छ। तर जुन तह, जुन पेसा, जुन निकायले निस्पक्ष र निस्वार्थ भएर स्थितिलाई केलाउनुपर्ने हो त्यो गर्न सकेको छैन। यो व्यवहारले आज थारुलाई गाली गरिँदैछ। जानमानसमा थारुविरुद्ध सामाजिक सदभाव खलबल्याउने काम भइरहेको छ। सम्पूर्ण जातजाति र समग्र नेपालीले एकचोटि साच्नैपर्ने कुरा हो- यो घटना उनीहरुको समुदायमा नदोहोरिएला भन्न सकिन्न। थारुलाई गाली गर्नुको सट्टा आफूलाई थारुको ठाउँमा रखेर सोँचौं।

जुन राजनीतिले यो देशलाई टुक्रा टुक्राबाट सिङ्गो नेपाल कायम गर्ने राजसंस्था, नेपाली समाज अहिले पनि पृथवीनारायणको गुनगान गाएर थाक्दैन। राजनीतिक स्वार्थको लागि २४० वर्षे राजनीतिक इतिहास छ उसलाई त उछालेर फल्न सक्छ भने यो घटनाबाट नेपाली जनताले पनि केही सिक्न जरुरी छ। आज थारुलाई दोष दिइराख्दा यो देशको राजनीतिले गारिखाने जनताका लागि के गरेको छ। (यसो भनि राख्दा म राजतन्त्रको समर्थक होइन तर प्रश्न यहाँ खडा हुन्छ कि साँच्चिकै देश र जनताको लागि राजतन्त्र फलिएको स्थिति हो भने देशमा यो अराजकता किन आयो?

इतिहास साक्षी छ। सबै नेपाली समुदाय यदि अन्धो छैन, सुन्ने र देख्ने क्षमता छ, साँच्चिकै सफा र निस्पक्ष हृदयले सोच्न र मनन् गर्नसक्ने छ भने थारुको योगदानलाई पल्टेर हेर एकचोटि। मेरा पूर्खा जो यो देशको सत्ताधारीले ‘तँ निडर छस। बलियो छस। तैँले काम गर्नुपर्छ। पढ्ने लेख्ने काम बाहुनको हो’ भन्दा हामी दाजुभाइ हौं जोले काम गरे पनि जोले पढेलेखे पनि यो देशलार्ई नै टेवा पुग्ने हो भनि चुपचाप गएर जंगल फाडे अनि उर्वर भूमि बनाए, बाघको चंगुलबाट छुटाएर बस्ती बसाले र यो देशको उन्नतिमा टेवा पुर्याेए। त के थारुहरु पाप गरे? पहाडबाट बाहुन क्षेत्री लगायतको पहाडी समुदाय तराईमा झर्दा खुला हृदयले स्वागत गरे। बस्ने ठाउँ दिए। एउटा उन्नत सामाज निर्माणका लागि महत्वपूर्ण योगदान गरे। अनि उनीहरु नै भूमिहिन भए। कमैया बने। फेरि पनि सहे। कहिल्यै अराजक भएनन्। अनि न्याय दिने सरकार टुलुटुलु हरिरह्र्योा। तैपनि थारुले धैर्य धारण गर्योय। शान्ती सुरक्षा कायमको निमित्त टेवा पुर्यायएर के थारुले अपराध गर्यो?

बाहुनले जोत्नुम हुन्न उसले जोत्दा पाप लाग्छ भनिराख्दा थारुले नै उनीहरुको खेतीपाती गरी उनीहरुलाई भोकमरिबाट जोगाई भाइचारा कायम गर्योल। र, उसले उसैबाट राम्रो सम्मान पाउन सकेन। तैपनि राज्य छ उसले यो कुरालाई एक दिन सम्मान दिन्छ भनि सहिरह्यो। थारुले के पायो? शोसन दमन, गुमेको पहिचान दोस्रो दर्जाको नागरिकको उपहार, कमैया र कमलहरीको रोजगारी, भोट बैंकको लागि मात्र प्रयोग र पनि थारुले राज्य र यो देशको सरकारसँग कहिल्यै उग्र भएर आफ्नो अधिकार मागेन, शन्तिपूर्ण आन्दोलनलाई उल्टै दमन गर्न यो देशको सरकार लागिरहेको छ। कथित अन्य वर्ग जो यो देकका शासन र स्रोत साधनको पहुँचमा छन्, उनीहरु अहिलेको युगसम्म आउँदा हेपाहा प्रवृतिको मानसिकता हटेन र हेपिरहयो र हेपिरहेको छन्। यो कुरालाई म सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गर्छु- थारुका स्थितिमा तपाईँ बसेर निस्पक्ष भएर हेर्नुस् अनि थारुलाई गाली गर्नुस्।

मानिस चेतनशिल प्राणी हो। उसँग चेतना छ सहन्छ, उ मिलेर बस्न खोज्छ, राष्ट्र र राष्ट्रियताको लागि उ देशको सँच्चा पहरेदार बन्छ। के उसलाई हेपिरहने, उसको पहिचान र सम्मानलाई जहिले पनि धरापमा पारिरहने, यो देशको सरकार र शासकले कहिल्यै विचार नगर्ने? उसले सम्मान पाउँछु कि भनि सबैखाले राजनीतिक दललाई सघायो। राणाको शासन हटाउनमा मद्धत गर भनि कांग्रेसले आग्रह गर्दा पहिचान र अधिकार पाउँछु कि भनि उसलाई सह्यो, गर्योल तर केही पाएन। एमालेले त्यसै भन्यो र पनि केही पाएन। माआवादीले पनि छुट्टै राज्य दिन्छु भन्यो। तिमीहरुका छोराछोरीलाई लाडाइँमा पाठाओभन्दा थारुका थुप्रै सन्तान सहिद भए। तर केही पाएन। समय धेरै बितिसक्दा पनि केही नपाउँदा एउटा जनावर त प्रतिकार गर्छ भने थारु त मानिस हो। चेतनशिल प्राणी हो। कतिन्जेल सहन्छ। हो त्यही सहनसिलताको पराकाष्ठा नाघेपछिको बिस्फोट देखिँदैछ। शोषित दमित जनताको पीडा निस्किँदैछ।

नेताको दिमागमा भने अझै घाम लागेको छैन। जनतालाई अधिकार दिन ‘बाउको बिर्ता हो किजस्तो गरी हात खुम्च्याएको स्थिति छ। हामी थारुहरु हिटलर होइन, नेलसन मन्डेलाका प्रर्वतक हौं। देश र यसको सार्वभौमिकताका लागि सधैं लागेको छ र लागिरहने छ। शान्ति र सुरक्षका लागि खट्न अझै पनि तयार छ। तर अब यो समुदायले सहनसिलता गुमाइसकेको छ। अलि कति पनि राज्यले ढिला गर्योअ भने एटम बम बनेर बिस्फोट हुनसक्ने स्थिति नआउँला भन्न सकिँदैन। यो कुरालाई सरकार र शासक वर्गले मनन् र चिन्तन गर्न जरुरी छ। थारुका पहिचान अनि अधिकारको मुद्दालाई चाँडै सम्बोधन गरोस्। सम्मुन्नत र शान्तिपूर्ण नेपाली समाज निर्माणका लागि निकास निकालोस्।

Leave a Reply to Richarderoge Cancel reply

Your email address will not be published.