सरकारको कारण हिंसा भड्कीयो, सेनाले दमन गरे गृहयुद्ध : लेखी

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhi

थारु आन्दोलनका अगुवा राजकुमार लेखीले राज्यको हेपाहा प्रवृत्तिको कारण कैलालीको टिकापुरमा हिंसा भड्कीएको आरोप लगाएका छन् । थारु आन्दोलनलाई तुहाउन नियोजित रुपमा कैलालीको टिकापुर सरकारी पक्षले नै हिंसा भड्काएको उनको आरोप छ ।

थारु आन्दोलन संयोजनकर्ता मध्येका एक लेखीले थारु आन्दोलनलाई बदनाम बनाउन थारु बिरोधीहरुले भिजलन्ते प्रयोग गरेको हुन सक्ने आशंका व्याक्त गरे । सरकारले थारु समुदायलाई हेपेर वेवास्ता गरेको आरोप छ उनको । भने, ‘आमहड्ताल सहितको आन्दोलनको घोषणा गरेर थारु समुदाय १३ दिनदेखी आन्दोलनमा थियो । सरकारले दुुई चार झुन्ड सहभागी अखण्ड आन्दोलनको माग २ दिनमै सम्बोधन गर्यो । तर, लाखौं सहभागी थारु आन्दोलनको वेवास्ता गरीरह्यो ।’

लेखीले राज्यले थारु समुदायलाई हेपेर यस्तो अवस्था आएको बताए । उनले भने, ‘१३ दिनदेखी थारु समुदाय आन्दोलनमा थियो । यतिका दिनसम्म राज्यले नसुनेजस्तै गर्यो । अहिले फेरी समुदायलाई आतंककारी भन्दैछ । थारुमाथिको यो हेपाइ हो ।’

सोमबारको घटनामा सैयौं थारु आन्दोलनकारी मारिएको हुनसक्ने उनले आशंका व्याक्त गरे । ‘अझैँसम्म गोली चलीरहेको छ, थारु बस्तीमाथि पसेर प्रहरीले आंतक मच्चाइरहेको छ’ उनले भने,‘थारु आन्दोलनकारी मारिएको सुचना सरकारले लुकाइरहेको छ ।’

शान्तिपूर्ण आन्दोलनमाथि सेना परिचालन गरेर दमन गरिए गृहयुद्ध हुने उनको चेतावनी छ । उनले शान्तिपूर्ण आन्दोलनलाई भड्काउन नेताहरुले भुमिका निर्वाह गरीरहेको दाबी गरे ।

Leave a Reply to Eyemex Cancel reply

Your email address will not be published.