टीकापुरको घटना सुनुयोजित हो, आन्दोलनमा घुसपैठ भएको छ : संयोजक धनिराम चौधरी

Dhaniram Chaudhary
थरुहट/थारुवान संयुक्त संघर्ष समितिका मूल संयोजक धनिराम चौधरीले टीकापुरको आन्दोलन सुनियोजित र आन्दोलन मत्थर गराउनका निम्ति घटाइएको बताएका छन्। बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै थारु कल्याणकारिणी सभाका अध्यक्षसमेत रहेका चौधरीले आन्दोलनमा घुसपैठ भएको बताए। ‘निहत्था जनतामाथि गोली वर्षाइएपछि घटना घटेको हो। आन्दोलनमा घुसपैठ पनि भएको छ। यसको जिम्मेवारी राज्यले लिनुपर्छ,’ उनले भने।

उनले घटनालाई कालो दिनको रुपमा ब्याख्या गरेका छन्। ‘यो घटना दुःखद हो। यसलाई मैले कालो दिनको रुपमा लिएको छु।’
थारुहरुले शान्तिपूर्ण आन्दोलन गर्दै आएको बताउँदै उनले थारुका माग सम्बोधन नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताए। ‘मैले सबै जिल्लामा शान्तिपूर्ण आन्दोलन गर्न र घुसपैठबाट बच्न निर्देशन दिएको छु।’
बीबीसी नेपालीसँगको कुराकानी फोटोमा क्लिकन गरेर पढ्नुस्:

iv with Mr Dhaniram Chaudhari‘आन्दोलनमा घुसपैठ भयो’कैलालीमा सोमबार भएको हिंसापछि छुट्टै थरुहट राज्यको माग गर्दै आन्दोलनको संयोजन गरिरहेको थरुवान थरुहट संघर्ष समितिको केन्द्रिय संयोजन समितिका संयोजक धनिराम चौधरीसंग बीबीसीले कुराकानी गरेको थियो। उनीसंग गरिएको कुराकानीको अडियो सुन्न यो फोटोमा क्लिक गर्नुहोस्...

Posted by BBC Nepali on Monday, August 24, 2015

Leave a Reply to ElmerFoede Cancel reply

Your email address will not be published.