टीकापुर घटनामा एक प्रत्यक्षदर्शीको बयान

Tikapur Ghatna

थरुहट-थारुवान संयुक्त संघर्ष समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज टीकापुर नगरपालकिाको बोर्डमा ‘थरुहट-थारुवान स्वायत्त प्रदेश’ लेख्ने कार्यक्रम थियो । टीकापुरका विभिन्न क्षेत्रबाट टीकापुरमा भेला भइ सो कार्यक्रम गर्ने तय भएको थियो । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि प्रदर्शनकारीहरुले नगरपालिकामा थरुहट स्वायत्त प्रदेश लेखिछाड्ने जनाएका थिए ।

सो क्रममा उनीहरु कैलालीको मोतिनगर, दुर्गौली, बनगाउँ र जगतपुरतिरबाट टीकापर जम्मा हुने योजना बनाएका थिए । २० हजार बढी संख्यामा आएका उनीहरु ‘थारु पहाडी भाइभाइ, सद्भाव नखल्बल्याउ’ नारासहितको पम्पलेट बोकेका थिए, नारा लगाएका थिए । उनीहरुले हातहातमा लाठीसमेत बोकाका थिए ।

टीकापुरको पशुहाट बजारमा आउँदा एक्कासी प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भयो । प्रहरीले टियर ग्यास र हवाइ फायरिङ गर्‍यो । चारैतिरबाट प्रदर्शनकारी आएपछि प्रहरीहरु बीचमा घेरियो । भाग्ने ठाउँ भएन । प्रदर्शनकारी प्रहरीमाथि जाइलागे । न्युन संख्यामा रहेको प्रहरीहरु तेत्रो ठूलो संख्याको भीडमा हराए ।

एक्कासी स्थिति भयाबह बन्यो । कल्पनै गर्न नसकिने स्थिति पैदा भयो । तेत्रो ठूलो संख्याको भीडले गर्दा कहाँ के भइरहेको छ अनुमान गर्न गाह्रो भइरहेको थियो । संयमता अपनाएको प्रहरीले पछि गोली पनि अन्धाधुन्ध चलाउन थालेको थियो । पछि स्थिति नियन्त्रित हुँदै जाँदा मैले ६ जना प्रहरी ढलेको देखेँ । प्रदर्शनकारीतर्फ भने धेरै जना घाइते भएका थिए । उनीहरुलाई रेडक्रसको गाडीमा राखेर अस्पताल पु¥याउन सहयोग गरेँ । गोली लागेका धेरै प्रदर्शनकारीलाई गाउँले आफैँले बोकेर लगेका थिए ।

अहिले प्रशासनले कफ्र्यू लगाएको छ । ठूलो संख्यामा प्रहरी परिचालित छन् । स्थिति सामान्य छ ।
एक प्रत्यक्षदर्शीसँगको कुराकानी आधारमा

Leave a Reply to ElmerFoede Cancel reply

Your email address will not be published.